काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५६ वटा स्क्रिप्टको १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज ३ उपसमूह बाहेकका सबै समूहमा हरियाली छाएका ेछ । सर्वाधिक बढ्नेमा विकास बैंक समूह रहेको छ । यो समूह ०.९९ प्रतिशत बढेर ५५५१.४६ विन्दुमा उक्लिएको छ ।
त्यस्तै, बैंकिङ समूह ०.२४ प्रतिशत, फाइनान्स समूह ०.०७ प्रतिशत, हाइड्रो समूह ०.८८ प्रतिशत, लगानी समूह ०.४० प्रतिशत, जीवन बीमा समूह ०.५१ प्रतिशत, म्युचुअल फण्ड समूह ०.२४ प्रतिशत, निर्जीवन बीमा समूह ०.१० प्रतिशत, व्यापार समूह ०.५० प्रतिशत र अन्य समूह ०.१२ प्रतिशतले बढेको छ ।
घट्ने समूहहरुमा होटल तथा पर्यटन समूह ०.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.३६ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.०९ प्रतिशतले घटेको छ ।
सेयर लगानीकर्ता तथा विश्लेषक दामोदर गजुरेलले लगानीकर्ताको विश्वास नै सेयर बजारको मुख्य आधार भएको बताएका छन्। लामो समयदेखि घटिरहेको बजार निश्चित तहमा पुगेपछि खरिदकर्ता सक्रिय हुनु स्वाभाविक रहेको उनको भनाइ छ।
‘राजनीतिक स्थिरताको अपेक्षाले लगानीकर्तामा विश्वास बढाएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले पनि अर्थतन्त्र सकारात्मक दिशामा रहेको देखाएको छ,’ उनले भने, ‘अर्थमन्त्रीले समेत अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ। यसले लगानीकर्ताको मनोबल बढाउन सहयोग पुगेको छ।’
लामो समयसम्म गिरावट व्यहोरेको बजारमा हिजो र आज लगातार सुधार देखिनुलाई सकारात्मक रूपमा लिनुपर्ने गजुरेलको विश्लेषण छ।
सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक कमाउने कम्पनीमा मुक्तिनाथ कृषि कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ १०.९८ प्रतिशत बढेर ६७७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन उर्जा विकास कम्पनीको ८.६२ प्रतिशत, कालिका लघुवित्तको ५.९६ प्रतिशत, मानुषी लघुवित्तको ५.५७ प्रतिशत, सनराईज ब्लुचिप फण्डको ५.३२ प्रतिशत, सिन्धु विकास बैंकको ५.०९ प्रतिशत, एलएस होराइजन १२ को ४.८९ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ४.८० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.४८ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको ४.३२ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक गुमाउने कम्पनीमा उन्नती सहकार्य लघुवित्त रहेको छ । यो कम्पनीको सेयरभाउ ३.३० प्रतिशत घटेर ८८० रुपैयाँ कायम भएको छ । लक्ष्मी भ्यालु फण्ड–२ को २.९८ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको २.९४ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको २.८२ प्रतिशत, कालिञ्चोक हाइड्रोको २.७० प्रतिशत, समता घरेलु लघुवित्तको २.६३ प्रतिशत, ग्लोबल आइएमई बैंक डिबेञ्चरको २.५९ प्रतिशत, आरबीबी फोकस ४० को २.५४ प्रतिशत, युनिलिभर नेपाल लिमिटेडको २.२६ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड ३ को २.१५ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।