बुधबार, मंसिर ९,२०८३ 02:57:08
  • बुधबार, मंसिर ९,२०८३ 02:57:08
Global IME Bank Limited

दूध र माछाको उत्पादन बढ्दा मासु र अण्डामा गिरावट, जडीबुटी उत्पादन ६५ प्रतिशतले उकालो

Bizshala
दूध र माछाको उत्पादन बढ्दा मासु र अण्डामा गिरावट, जडीबुटी उत्पादन ६५ प्रतिशतले उकालो
New Office

 

काठमाण्डौ । नेपालमा पशुजन्य तथा वनजन्य उत्पादनको अवस्था मिश्रित देखिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा दूध, माछा, ऊन र औषधिजन्य वनस्पतिको उत्पादन बढ्दा मासु, अण्डा, छाला तथा काठको उत्पादनमा भने गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन २०८२/८३’ ले यस्तो अवस्था देखाएको हो।

प्रतिवेदनअनुसार समीक्षा वर्षमा दूध उत्पादन ३.६४ प्रतिशतले बढेको छ भने माछा उत्पादनमा ६.२९ प्रतिशतको वृद्धि भएको छ। तर मासु उत्पादन सामान्य घट्दा अण्डा उत्पादनमा भने ५.७७ प्रतिशतको गिरावट आएको छ।

विशेषगरी औषधिजन्य वनस्पतिको उत्पादनमा देखिएको ६५.२६ प्रतिशतको वृद्धिले वनजन्य उत्पादनको संरचनामा उल्लेख्य परिवर्तन देखाएको छ।

दूध उत्पादन ३.६४ प्रतिशतले बढ्यो

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मुलुकको कुल दूध उत्पादन ३० लाख ३३ हजार ६५६ हजार लिटर पुगेको छ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.६४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष दूध उत्पादन ३.४२ प्रतिशतले बढेको थियो।

यसरी पछिल्ला दुई आर्थिक वर्षमा दूध उत्पादनमा सकारात्मक वृद्धिदर कायम रहेको देखिन्छ।

प्रदेशगत रूपमा दूध उत्पादनमा मधेश प्रदेश अग्रस्थानमा छ। कुल राष्ट्रिय उत्पादनमध्ये मधेशको हिस्सा २१.६५ प्रतिशत अर्थात् ६ लाख ५६ हजार ८१३ हजार लिटर रहेको छ।

त्यस्तै, बागमती प्रदेशले २०.४१ प्रतिशत र लुम्बिनी प्रदेशले १८.१९ प्रतिशत योगदान दिएका छन्।

दूध उत्पादनमा कर्णाली प्रदेशको हिस्सा भने सबैभन्दा कम ३.१२ प्रतिशत मात्रै रहेको छ।

माछा उत्पादनमा सुधार, मधेशको झन्डै आधा हिस्सा

माछा उत्पादनमा पनि सकारात्मक वृद्धि देखिएको छ।

प्रतिवेदनअनुसार समीक्षा वर्षमा माछा उत्पादन ६.२९ प्रतिशतले बढेर १ लाख ४ हजार ८२५ मेट्रिक टन पुगेको छ।

प्रदेशगत रूपमा माछा उत्पादनमा मधेश प्रदेशको स्पष्ट वर्चस्व देखिएको छ।

देशभर उत्पादित कुल माछामध्ये ४८.३८ प्रतिशत हिस्सा मधेश प्रदेशको रहेको छ। मधेशमा मात्रै ५० हजार ७१८ मेट्रिक टन माछा उत्पादन भएको प्रतिवेदनमा उल्लेख छ।

माछा उत्पादनमा लुम्बिनी प्रदेश १८.९२ प्रतिशत हिस्सासहित दोस्रो र कोशी प्रदेश १३.७९ प्रतिशतसहित तेस्रो स्थानमा छन्।

कर्णाली प्रदेशको योगदान भने ०.२७ प्रतिशतमा सीमित रहेको छ।

यसले नेपालको माछा उत्पादन केही निश्चित प्रदेशमा अत्यधिक केन्द्रित रहेको देखाउँछ।

CG Motors
Garima Development Bank
IME remit

मासु उत्पादनमा सामान्य गिरावट

दूध र माछाको उत्पादन बढे पनि मासु उत्पादन भने घटेको छ।

आर्थिक वर्ष २०८२/८३ मा मुलुकको कुल मासु उत्पादन ५ लाख ६६ हजार ३३९ मेट्रिक टनमा सीमित भएको छ।

अघिल्लो आर्थिक वर्षमा मासु उत्पादन ३.०१ प्रतिशतले बढेको थियो। तर समीक्षा वर्षमा ०.०९ प्रतिशतले गिरावट आएको छ।

प्रदेशगत रूपमा मासु उत्पादनमा पनि मधेश प्रदेश अग्रस्थानमा छ।

मधेश प्रदेशमा १ लाख ३५ हजार १०० मेट्रिक टन मासु उत्पादन भएको छ, जुन कुल राष्ट्रिय उत्पादनको २३.५६ प्रतिशत हिस्सा हो।

त्यसपछि बागमती प्रदेशको योगदान २०.११ प्रतिशत र लुम्बिनी प्रदेशको १५.२६ प्रतिशत रहेको छ।

कर्णाली प्रदेशको हिस्सा भने ५.११ प्रतिशत मात्रै छ।

अण्डा उत्पादनमा झन्डै ६ प्रतिशतको गिरावट

राष्ट्र बैंकको अध्ययनले अण्डा उत्पादनमा तुलनात्मक रूपमा ठूलो गिरावट देखाएको छ।

गत आर्थिक वर्षमा अण्डा उत्पादन ५.७७ प्रतिशतले घटेर कुल १४ लाख २० हजार ३७९ हजार गोटामा झरेको छ।

पशुजन्य उत्पादनमध्ये अण्डामा देखिएको यो गिरावट उल्लेखनीय मान्न सकिन्छ।

प्रदेशगत रूपमा भने अण्डा उत्पादनमा बागमती प्रदेशले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ।

देशभर उत्पादित कुल अण्डामध्ये ४२.७५ प्रतिशत बागमती प्रदेशमा उत्पादन भएको छ। बागमतीमा मात्रै ६ लाख ७ हजार १५७ हजार गोटा अण्डा उत्पादन भएको प्रतिवेदनमा उल्लेख छ।

त्यसपछि गण्डकी प्रदेशले १६.२९ प्रतिशत र लुम्बिनी प्रदेशले १५.६१ प्रतिशत योगदान दिएका छन्।

कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम २.७१ प्रतिशत छ।

यसले नेपालको अण्डा उत्पादन मुख्यगरी बागमती प्रदेशमा केन्द्रित रहेको देखाएको छ।

जडीबुटी उत्पादनमा ६५ प्रतिशतभन्दा बढीको उछाल

वनजन्य उत्पादनतर्फ भने औषधिजन्य वनस्पतिको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा औषधिजन्य वनस्पतिको उत्पादन ६५.२६ प्रतिशतले बढेको छ।

अघिल्लो आर्थिक वर्षमा यस्तो उत्पादन ११.७१ प्रतिशतले घटेको थियो।

यसरी अघिल्लो वर्ष गिरावट आएको औषधिजन्य वनस्पतिको उत्पादनले समीक्षा वर्षमा उल्लेख्य सुधार हासिल गरेको हो।

दाउरा उत्पादन पनि १९.७४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष दाउरा उत्पादन १४.९१ प्रतिशतले घटेको थियो।

तर काठ उत्पादन भने १.४० प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा काठ उत्पादन ८.४३ प्रतिशतले बढेको थियो।

यसैगरी, ऊन उत्पादनमा ०.२८ प्रतिशतको सामान्य वृद्धि हुँदा छाला उत्पादन ८.२७ प्रतिशतले घटेको छ।

उत्पादनमा प्रदेशगत असमानता

राष्ट्र बैंकको अध्ययनले मुलुकको कृषि तथा पशुजन्य उत्पादनमा प्रदेशगत असमानता पनि देखाएको छ।

दूध, मासु र माछा उत्पादनमा मधेश प्रदेश अग्रस्थानमा रहेको छ भने अण्डा उत्पादनमा बागमती प्रदेशको वर्चस्व छ।

अर्कोतर्फ, यी चारवटै उत्पादनमा कर्णाली प्रदेशको योगदान सबैभन्दा कम देखिएको छ।

मधेशमा माछा उत्पादनको झन्डै आधा हिस्सा केन्द्रित हुनु र बागमतीमा अण्डा उत्पादनको ४२ प्रतिशतभन्दा बढी हिस्सा रहनुले प्रदेशअनुसार उत्पादनको संरचना फरक रहेको देखाउँछ।

उत्पादनको वृद्धिसँगै बजार व्यवस्थापन पनि महत्वपूर्ण

पशुजन्य तथा वनजन्य उत्पादनको पछिल्लो तथ्यांकले केही क्षेत्रमा सुधार र केही क्षेत्रमा संकुचन भइरहेको देखाएको छ।

दूध र माछाको उत्पादन बढ्नु सकारात्मक संकेत भए पनि मासु र अण्डामा आएको गिरावटका कारण पहिचान गर्न थप अध्ययन आवश्यक देखिन्छ।

त्यस्तै, औषधिजन्य वनस्पतिको उत्पादनमा आएको उच्च वृद्धिलाई प्रशोधन, मूल्य अभिवृद्धि र बजार विस्तारसँग जोड्न सके यस क्षेत्रको आर्थिक योगदान बढाउन सकिने सम्भावना छ।

तर उत्पादन बढ्नु मात्र पर्याप्त हुँदैन। किसान तथा उत्पादकले उचित मूल्य पाउने व्यवस्था, भण्डारण, प्रशोधन, ढुवानी र बजार पहुँच पनि उत्तिकै महत्वपूर्ण हुन्छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.