बुधबार, आश्विन २८,२०८३ 09:25:42
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:25:42
Bizshala
Global IME Bank Limited

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमानको इञ्जिन फेल, भैरहवामा आकस्मिक अवतरण

Bizshala
धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमानको इञ्जिन फेल, भैरहवामा आकस्मिक अवतरण
New Office

काठमाण्डौ । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या आएपछि शुक्रबार दिउँसो आकस्मिक रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार, दुई बालबालकासहित ८२ जना यात्रु बोकेको विमानमा हाइड्रोलिक समस्या देखिएपछि पाइलटले सुरक्षाका दृष्टिले करिब १२ बजे भैरहवामा आपतकालीन अवतरण गरेको हो।

‘विमानमा हाइड्रोलिक समस्या आएको सूचनापछि तुरुन्तै उद्धार टोली परिचालन गरियो। सबै यात्रु सुरक्षित छन्,’ राउतले बताए। उनका अनुसार यात्रुलाई अर्को विमानमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

राउतका अनुसार, उक्त घटनाका कारण केही समय आन्तरिक उडान प्रभावित भए पनि अहिले विमानस्थलको नियमित सञ्चालन पुनः सुरु भइसकेको छ।

श्री एयरलाइन्सको प्राविधिक टोली काठमाडौंबाट भैरहवा पुग्नेक्रममा रहेको र विमानको विस्तृत प्राविधिक परीक्षणपछि मात्र समस्या पुष्टि हुने जनाइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.