काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडको ७ लाख ३२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आउने भएको छ।
कम्पनीका संस्थापक सेयरधनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ७ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेको हो।
नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनअनुसार कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपरेमा कम्तीमा पाँच दिनअगावै जानकारी गराउनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयर बिक्री गर्ने मनसायसहितको निवेदन कम्पनीमा पेस गरेको मल्टीपर्पस फाइनान्सले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।