सोमबार, मंसिर ७,२०८३ 04:46:22
  • सोमबार, मंसिर ७,२०८३ 04:46:22
Global IME Bank Limited

विदेशमा फोन गर्दा नेपाल टेलिकमको नयाँ नियम लागू हुँदै, अब सबै देशमा ६० सेकेन्डको पल्स दर

Bizshala
विदेशमा फोन गर्दा नेपाल टेलिकमको नयाँ नियम लागू हुँदै, अब सबै देशमा ६० सेकेन्डको पल्स दर
New Office

 

काठमाण्डौ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय टेलिफोन कलमा लाग्ने पल्स दर परिवर्तन गरेको छ। कम्पनीले विदेशमा फोन गर्दा लाग्ने कल शुल्क गणनाको समयावधि परिमार्जन गर्दै सबै देशका लागि ६० सेकेन्डको पल्स दर कायम गर्ने निर्णय गरेको हो।

यसअघि ३० सेकेन्डको पल्स दर लागू रहेका देशहरूमा समेत अब ६० सेकेन्डको पल्स दर लागू हुने भएको छ।

नेपाल टेलिकमका अनुसार नयाँ व्यवस्था भोलि अर्थात् मंसिर ८ गतेदेखि कार्यान्वयनमा आउनेछ।

दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले गत भदौ २४ गते दिएको स्वीकृतिका आधारमा कम्पनीले अन्तर्राष्ट्रिय कलको पल्स दर परिमार्जन गरेको जनाएको छ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिअनुसार ५८ देशमा ६० सेकेन्डको पल्स दर लागू भइसकेको थियो। अब बाँकी देशहरूमा समेत नयाँ व्यवस्था विस्तार गरिनेछ।

CG Motors
Garima Development Bank
IME remit

अन्तर्राष्ट्रिय कलमा के परिवर्तन हुन्छ ?

नयाँ व्यवस्थाअनुसार नेपाल टेलिकमको फोन तथा मोबाइल सेवाबाट विदेशमा कल गर्दा शुल्क गणनाका लागि ६० सेकेन्डको पल्स अवधि कायम हुनेछ।

यसको अर्थ पहिले ३० सेकेन्डको पल्समा शुल्क गणना हुने देशहरूमा अब ६० सेकेन्डको पल्सका आधारमा शुल्क गणना हुनेछ।

पल्स अवधि बढ्दा छोटो समयका अन्तर्राष्ट्रिय कल गर्ने ग्राहकको शुल्कमा असर पर्न सक्छ। विशेषगरी ६० सेकेन्डभन्दा कम अवधिको कलमा पनि एक मिनेटको पल्सअनुसार शुल्क लाग्ने व्यवस्था लागू हुँदा ग्राहकले पहिलेभन्दा बढी रकम तिर्नुपर्ने हुन सक्छ।

यद्यपि, वास्तविक शुल्क भने सम्बन्धित देशका लागि कायम प्रतिमिनेट दर र बिलिङ व्यवस्थामा निर्भर रहनेछ।

चारवटा एक्सेस कोडबाट कल गर्न सकिने

नेपाल टेलिकमका अनुसार अब सबै देशका दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा अन्तर्राष्ट्रिय कल गर्दा ००, १४२४, १४२५ र १४४५ एक्सेस कोड प्रयोग गरेमा ६० सेकेन्डको पल्स दर लागू हुनेछ।

विदेशमा कल गर्न सुरुमा एक्सेस कोड, त्यसपछि सम्बन्धित देशको कन्ट्री कोड र अन्त्यमा फोन नम्बर डायल गर्नुपर्नेछ।

नेपाल टेलिकमले विभिन्न देशमा कल गर्दा लाग्ने शुल्कदर आफ्नो आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

कम्पनीका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय बहिर्गमन कलको पल्स अवधि एकरूप बनाउन नयाँ व्यवस्था लागू गरिएको उल्लेख छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.