काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
सञ्चालक समितिले हाल कायम चुक्तापूँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
संस्थाको २०८३ असार मसान्तसम्म कायम चुक्तापूँजी ३८ करोड ७४ लाख ९४ हजार ८६६ रुपैयाँ ४६ पैसा रहेको छ। सोही पूँजीका आधारमा संस्थाले ३ करोड ६८ लाख १२ हजार १२ रुपैयाँ ३१ पैसा बराबरको बोनस शेयर र १९ लाख ३७ हजार ४७४ रुपैयाँ ३३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
यसअनुसार संस्थाले बोनस शेयर र नगद लाभांश गरी कुल ३ करोड ८७ लाख ४९ हजार ४८६ रुपैयाँ ६४ पैसा बराबरको लाभांश वितरण गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।