सोमबार, मंसिर ७,२०८३ 09:28:10
  • सोमबार, मंसिर ७,२०८३ 09:28:10
Global IME Bank Limited

एआई क्षेत्रमा लगानीको चिन्ता बढ्दा एसियाली सेयर बजारमा भारी गिरावट

Bizshala
एआई क्षेत्रमा लगानीको चिन्ता बढ्दा एसियाली सेयर बजारमा भारी गिरावट
New Office

काठमाडौं। कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको ठूलो लगानीको दिगोपनमाथि आशङ्का बढेपछि सोमबार एसियाली सेयर बजारमा भारी गिरावट आएको छ।

दक्षिण कोरियाको कोस्पी परिसूचक ५.६ प्रतिशतसम्म घटेको छ भने हङकङको हाङसेङ १.८ प्रतिशत र चीनको सीएसआई ३०० परिसूचक १.३ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। ताइवानको टाइएक्स परिसूचकमा पनि उतारचढाव देखिएको छ।

CG Motors
Garima Development Bank
IME remit

यसअघि शुक्रबार अमेरिकी एस एन्ड पी ५०० परिसूचक ३.७ प्रतिशत र प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक ५.३ प्रतिशतले घटेका थिए। नास्डाकको गिरावटसँगै सन् २०२६ मा हासिल गरेको सम्पूर्ण वृद्धि गुमेको छ।

एआई पूर्वाधारमा खर्बौँ डलर लगानी भइरहे पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त हुनेमा लगानीकर्ताले आशङ्का व्यक्त गरेका छन्। गार्टनरका अनुसार एआईसम्बन्धी विश्वव्यापी लगानी सन् २०२६ मा २.७ ट्रिलियन र सन् २०२७ मा ३.६ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान छ।

यस क्षेत्रमा थप नियमनको माग, अमेरिकी राजनीतिक घटनाक्रम र चीनलाई अत्याधुनिक चिप उपलब्ध गराउने विषयमा बढ्दो कडाइले पनि लगानीकर्ताको चिन्ता बढाएको छ।

यद्यपि, सोमबार अमेरिकी सेयर बजारका फ्युचर्समा सुधार देखिएको छ। त्यस्तै, दक्षिण कोरियाको नोभेम्बरका सुरुका २० दिनको अर्धचालक निर्यात गत वर्षको सोही अवधिको तुलनामा २९४.४ प्रतिशतले बढेको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.