सोमबार, मंसिर ७,२०८३ 05:48:49
  • सोमबार, मंसिर ७,२०८३ 05:48:49
Global IME Bank Limited

मौलिक पहिचान जोगाइदिन राउटे समुदायको सरकारसँग गुहार, संरक्षण र आयआर्जनमा सघाउने कार्यवाहक प्रधानमन्त्रीको प्रतिबद्धता

Bizshala
मौलिक पहिचान जोगाइदिन राउटे समुदायको सरकारसँग गुहार, संरक्षण र आयआर्जनमा सघाउने कार्यवाहक प्रधानमन्त्रीको प्रतिबद्धता
New Office

काठमाण्डौ । लोपोन्मुख राउटे समुदायले आफ्नो मौलिक पहिचान, परम्परागत सीप, कला, भाषा र संस्कृति संरक्षणका लागि सरकारसँग विशेष पहल गर्न माग गरेको छ।

सोमबार कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर राउटे समुदायका प्रतिनिधिहरूले आफ्नो परम्परागत जीवनशैली र सांस्कृतिक पहिचान जोगाउन राज्यको सक्रिय भूमिका आवश्यक रहेको बताएका हुन्।

भेटमा समुदायका प्रतिनिधिहरूले परम्परागत काष्ठकला तथा हस्तकलाको संरक्षण र प्रवर्धनसँगै दिगो आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए।

CG Motors
Garima Development Bank
IME remit

राउटे समुदायको भाषा, संस्कृति र परम्परागत सीप लोप हुन नदिन विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा सामाजिक सुरक्षाको उचित व्यवस्था मिलाउनुपर्ने विषयसमेत उनीहरूले उठाएका थिए।

छलफलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक मन्त्री सीता वादीको समेत उपस्थिति थियो।

कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले राउटे समुदायको मौलिक पहिचान र परम्परागत सीपको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए।

उनले समुदायको भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै परम्परागत सीपलाई आयआर्जनसँग जोड्न सरकार सकारात्मक रहेको स्पष्ट पारे।

स्थानीय तह तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समुदायको परम्परागत काष्ठकला र हस्तकलालाई आर्थिक अवसरसँग जोड्ने तथा सामाजिक सुरक्षाको व्यवस्था मिलाउने दिशामा काम गर्नुपर्ने उनको भनाइ थियो।

श्रेष्ठले राउटे समुदायको संरक्षण, प्रवर्धन र आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्था मिलाउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक मन्त्री सीता वादीलाई निर्देशनसमेत दिएका छन्।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.