सोमबार, मंसिर ७,२०८३ 05:58:34
  • सोमबार, मंसिर ७,२०८३ 05:58:34
Global IME Bank Limited

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

Bizshala
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने क्रममा छन्।

प्रधानमन्त्री शाह सोमबार नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि प्रस्थान गरेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायत उच्च अधिकारीहरूले बिदाइ गरेका थिए।

प्रधानमन्त्री शाह आइतबार भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका थिए।

CG Motors
Garima Development Bank
IME remit

भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटवार्ता गर्नुका साथै दुई देशका उच्च अधिकारी सम्मिलित प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ताको नेतृत्व गरेका थिए।

सोमबार भएको उच्चस्तरीय वार्तापछि नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य विस्तार गर्ने समझदारीसमेत भएको थियो।

त्यस्तै, दुवै प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्नुका साथै जनकपुरधाम–अयोध्या रेल सेवाको उद्घाटन गरेका थिए।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणासमेत गरेका थिए।

प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा दुई देशबीच भएका समझदारी र सहकार्यको प्रतिफल किसानको खेतमा समृद्धि, युवाको हातमा रोजगारी र उद्यमीका लागि नयाँ बजार तथा लगानीका अवसरका रूपमा देखिनुपर्ने बताएका थिए।

दुईदिने भ्रमणका निर्धारित भेटघाट, द्विपक्षीय वार्ता तथा औपचारिक कार्यक्रम सम्पन्न गरेर प्रधानमन्त्री शाह नेपाल फर्किन लागेका हुन्।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.