श्री एयरलाइन्सलाई नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनको अनुमति
काठमाण्डौ । चार्टर उडानमार्फत सीमित अन्तर्राष्ट्रिय गतिविधि गर्दै आएको श्री एयरलाइन्सले नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई एयर अपरेटर सर्टिफिकेट (एओसी) प्रदान गरेसँगै दक्षिण एसियाली क्षेत्रतर्फ उडान विस्तारको बाटो खुलेको हो। कम्पनीले प्रारम्भिक चरणमा भारतका नयाँदिल्ली र...

