बुधबार, आश्विन २८,२०८३ 09:25:04
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:25:04
Bizshala
Global IME Bank Limited

श्री एयरलाइन्सलाई नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनको अनुमति

Bizshala
श्री एयरलाइन्सलाई नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनको अनुमति
New Office

काठमाण्डौ । चार्टर उडानमार्फत सीमित अन्तर्राष्ट्रिय गतिविधि गर्दै आएको श्री एयरलाइन्सले नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई एयर अपरेटर सर्टिफिकेट (एओसी) प्रदान गरेसँगै दक्षिण एसियाली क्षेत्रतर्फ उडान विस्तारको बाटो खुलेको हो। कम्पनीले प्रारम्भिक चरणमा भारतका नयाँदिल्ली र कोलकाता तथा बङ्गलादेशसँग नियमित उडान सञ्चालन गर्ने लक्ष्य राखेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यद्यपि, व्यावसायिक उडान सुरु गर्नुअघि सम्बन्धित देशका नियामक निकायहरूसँग आवश्यक द्विपक्षीय सहमति र प्राविधिक स्वीकृति लिनुपर्ने हुन्छ। यसका लागि परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

कम्पनीका अनुसार सुरुवाती उडानहरू ८० सिट क्षमताको बम्बार्डियर ड्यास–८–क्यु–४०० जहाजमार्फत सञ्चालन गरिनेछ। यात्रु मागको मूल्याङ्कन गर्दै उडान आवृत्ति क्रमशः बढाइने योजना छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

श्री एयरलाइन्सले आगामी चरणमा मध्यम दूरीका अन्तर्राष्ट्रिय बजार लक्षित गर्दै दुबई, कतार र मलेसियासम्म सेवा विस्तार गर्ने दीर्घकालीन योजना समेत सार्वजनिक गरेको छ। यसका लागि कम्पनीले ठूलो क्षमताको न्यारोबडी जहाज भित्र्याउने तयारी गरिरहेको जनाएको छ।

हाल कम्पनीसँग नौ वटा जहाज (फिक्स्ड विङ) र सात वटा हेलिकोप्टर (रोटर) गरी १६ वटा वायुयान छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.