शनिबार, फाल्गुन १०,२०८१ 09:32:37
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:32:37
IME remit
Global IME Bank Limited

एयरलाइन्सहरुले तीनदिनका लागि रोके 'लूटधन्दा', त्यसपछि भने अधिकतम दरकै टिकट बेच्ने

Hyundai Nepal
एयरलाइन्सहरुले तीनदिनका लागि रोके 'लूटधन्दा', त्यसपछि भने अधिकतम दरकै टिकट बेच्ने
Nabil Bank Limited

काठमाण्डौ । स्वदेशी एयरलाइन्स कम्पनीहरुले राष्ट्रिय विपतमा परेर स्थलमार्गहरु अस्तव्यस्त भएको समयमै आन्तरिक गन्तव्यहरुको भाडादरमा मच्चाएको लूटधन्दा तीन दिनका लागि स्थगित गर्ने भएका छन् ।  

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसम्मको दवाबपछि बाढीपहिरोबाट समस्या ग्रस्त बनेका यात्रुहरुलाई सामान्य अवस्थाको तुलनामा दोब्बर बढी भाडा असूलेर लूटधन्दा मच्चाएका कम्पनीहरुले तीन दिनका लागि नरम नीति लिने प्रतिबद्धता जनाएका हुन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

उनीहरुले अबको तीन दिनसम्म विभिन्न आन्तरिक हवाई गन्तव्यहरुको भाडादरमा अधिकतम दर नराख्ने र न्यूनतम दरमै सेवा दिने प्रतिबद्धता जनाएका हुन् ।  

विभिन्न सञ्चारमाध्यमहरुमा एयरलाइन्सहरुले लूटधन्दा मच्चाएका समाचारहरु प्रकाशित गरेपछि आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले बायुसेवा सञ्चालकहरुसँग आकस्मिक छलफल बोलाएको थियो । सो छलफलमा सञ्चालकहरुले असोज १६ गतेसम्म अधिकतम दरको टिकट नबेच्ने प्रतिबद्धता जनाएका हुन् ।  

'हामी सोमबार, मंगलबार र बुधबार नर्मल दरको टिकट बिक्री गर्न सहमत भएका छौं ।' बायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले प्राधिकरणको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै भने-'सरकारले असूल्ने विभिन्न खालका शुल्कहरु यो बेला हटाइदिए हामी अझै सस्तो टिकट उपलब्ध गराउन सक्छौं ।'

 उनकाअनुसार नागरिक उड्डयन प्राधिकरणले यात्रु सेवा शुल्क भन्दै प्रतिव्यक्ति रु. ५०० रुपैयाँ लिने गरेको छ । विपतको बेलामा यो शुल्क छुट गर्ने हो भने सबै गन्तव्यको भाडादर एकैपटक थप ५०० सस्तो गर्न सकिने कार्कीको दाबी छ ।  

उनले प्लेनहरुको पार्किङ शुल्क, हवाई इन्धनमा सरकारले लिने विभिन्न खालका करहरु लगायतलाई समेत छुट दिने हो भने आफूहरुले अझ सस्तो टिकट दिनसक्ने समेत दाबी गरेका छन् ।

असोज १६ गतेसम्म स्थगित गरिएको अधिकतम दरको टिकट असोज १७ गतेदेखि भने पुनः बिक्री हुन थाल्ने संघले प्रष्ट पारेको छ । 'हाम्रो मुख्य विजिनेश भनेकै दशैंतिहारको बेला हो । यस्तो बेलामा अधिकतम दरकै टिकट बिक्री गर्ने हो ।' संघका एक सदस्यले बिजशालासँग भने-'सरकारको अनुरोधपछि तीन दिनका लागि भने हामी न्यूनतम दरमै टिकट बिक्री गर्छौ ।'

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.