बुद्ध एयरको ७२ सिटे जहाजले गर्यो काठमाण्डौ-भरतपुर परीक्षण उडान
काठमाण्डौ । बुद्ध एयरको ७२ सिटे जहाजले काठमाण्डौ–भरतपुर परीक्षण उडान गरेको छ। काठमाण्डौबाट उडेको एटिआर–७२ जहाज बिहिबार बिहान ९ः३४ बजे भरतपुर विमानस्थलमा अवतरण भएको हो । धावनमार्ग छोटो भएका कारण यहाँ बुद्धले ४७ सिटे (एटिआर ४२) जहाजबाट उडान गर्दै आएको थियो। बुद्ध एयरसँग ४२ सिटका जहाज २ वटा छन्। तीमध्ये एउटा सेप्टेम्बर पछि चलाउन मिल्दैन। त्यसपछि पनि उडानलाई नियमित बनाउन...