काठमाण्डौ । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतको कोलकत्तामा अब सातामा चार दिन उडान गर्ने भएको छ । बुद्ध एयरले नयाँ तालिका सार्वजनिक गर्दै उडान थप गरेको हो ।
यसअघि भने कम्पनीले भारतको कोलकत्तामा साताका तीन दिन उडान गरिरहेको थियो । नयाँ उडान तालिका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ ।
नयाँ उडान तालिका १५ नोभेम्बरबाट लागू हुने कम्पनीले जनाएको छ ।

