काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ ।
आईसीएफसी र बुद्ध एयरबीच भएको सम्झौतामा आईसीएफसीका ग्राहकलाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिइने भएको छ ।
सम्झौताअनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले आईसीएफसीको डेबिट कार्ड वा मोबाईल बैंकिङ एप मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
यो सम्झौताबाट आइसिएफसिका ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।