काठमाण्डौ । आन्तरिक हवाई उडान कम्पनी बुद्ध एयरले आजका सम्पूर्ण उडानहरु रद्द भएको जनाएको छ । बुद्ध एयरले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
साथै, कम्पनीले रिसेड्युल तथा रिफण्डका लागि इमेलमार्फत सम्पर्क गर्न आग्रह गरेको छ । यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि पूर्णरूपमा बन्द भएको छ। विमानस्थल कार्यालयले अर्को सूचना नआएसम्म उडान सेवा सुचारु नहुने जनाएको छ ।
यसअघि मंगलबार १२ बजेसम्मका लागि विमानस्थल बन्द हुने जनाइएको थियो । तर देशमा उत्पन्न विषम परिस्थितीका कारण १२ बजेपनि विमानस्थल खुल्न सकेन ।