बिहीबार, असार ११,२०८३ 03:13:56
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:13:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बुद्ध एयरका मालिक गतिशील लोकतान्त्रिक पार्टीबाट बाहिरिए, अब कुनै दलमा आवद्ध नहुने प्रतिवद्धता

Laxmi Sunrise Bank Limited
बुद्ध एयरका मालिक गतिशील लोकतान्त्रिक पार्टीबाट बाहिरिए, अब कुनै दलमा आवद्ध नहुने प्रतिवद्धता

काठमाण्डौ । बुद्ध एयरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले पार्टीबाट स्वतन्त्र भई स्वतन्त्र नागरिकको रूपमा समाजसेवी अभियानमा समर्पित हुने घोषणा गरेका छन्।

उनले फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् । 

बस्नेतले विसं २०८२ भदौ २३ र २४ मा देशभर उत्पन्न जनविद्रोह र ७६ जना नवयुवाको शहादतले आफूमा गहिरो प्रभाव परेको बताए। उनका अनुसार, ती घटनाहरू भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितीविरुद्धको आवाज थिए। नवयुवाहरूका सपना—सुशासन, समान अवसर, सम्मानजनक रोजगारी र समतामूलक समाज उनका लागि प्रेरणाको स्रोत बनेको उनले बताए।

New Office
CG Motors
Garima Development Bank

बस्नेतले अब आफ्नो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्ने योजना बनाएको बताए। उनले आफ्नो प्राथमिक ध्यान केन्द्रहरूमा स्थानीय र प्रदेश सरकारको सक्षम व्यवस्थापन, दिगो पर्यटन, व्यवसायमुखी कृषि, र गुणस्तरीय माध्यमिक शिक्षामा रहने बताएका छन्।

त्यसैगरी, उनले गतिशील लोकतान्त्रिक पार्टी र अन्य लोकतान्त्रिक दलहरूलाई आफ्नो सिद्धान्त, मूल्य र एजेन्डाप्रति प्रतिवद्धता रहोस् भनी शुभकामना समेत व्यक्त गरेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.