काठमाण्डौ । बुद्ध एयरको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लिएको छ । काठमाण्डौबाट बिहिबार राति साढे ९ बजे उडान भरेको बुद्ध एयरको जहाज विमानस्थलको रनवेबाट ४/५ मिटर चिप्लिएर धावनमार्गमा पुगेको हो ।
जहाजको चक्काले माटो छोएको छ । विमानमा सवार ५९ जना यात्रु सुरक्षित रहेको विमानस्थल प्रशासनले जनाएको छ । घटनाका कारण विमानस्थलको हवाई उडान ठप्प भएको छ । धावनमार्गमा पुगेको विमानलाई एराइभलतर्फ ल्याउन प्रयास भईरहेको विमानस्थल प्रशासनले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।