बुधबार, असार १७,२०८३ 02:00:06
Bizshala
  • बुधबार, असार १७,२०८३ 02:00:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सौर्य दुर्घटना प्रतिवेदन: कम्पनी, पाइलट र प्राधिकरण तीनै दोषी

Laxmi Sunrise Bank Limited
सौर्य दुर्घटना प्रतिवेदन: कम्पनी, पाइलट र प्राधिकरण तीनै दोषी

काठमाण्डौ । सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा मर्मतका लागि उड्नासाथ दुर्घटनामा पर्दा १८ जनाको मृत्यु भएको घटना वायुसेवा कम्पनी, पाइलट र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाहीका कारण भएको छानबिन प्रतिवेदनले देखाएको छ।

सरकारले गठन गरेको विशेष आयोगले हालै बुझाएको प्रतिवेदनमा जहाज ‘डिप स्टल’ मा परेर खसेको उल्लेख छ। टेकअफका क्रममा अत्यधिक पिच र गतिका कारण जहाजले स्थायीत्व गुमाएको र आवश्यक उचाइ लिन नसकेर जमिनमा ठोक्किएको निष्कर्ष छ।

New Office
CG Motors
Garima Development Bank

प्रतिवेदन अनुसार, जहाजमा गलत स्पिडकार्ड प्रयोग गरिएको, इन्धन प्रवाहको समस्या देखिएको, अति प्रज्वलनशील सामान यात्रु क्याबिनमा जथाभावी राखिएको, र फेरी फ्लाइटमा यात्रु राखिएको जस्ता अनेकौं सुरक्षा लापरवाहीहरु फेला परेका छन्। त्यस्तै, कागजात अनुसार तौल नजोखी कार्गो लोड गरिनु, आवश्यक पूर्वतयारी बिना उडान संचालन हुनु र चालक दलको अनुशासनहीनता समेत दुर्घटनाका कारक बनेका छन्।

उद्धार कार्यमा पनि समयमै प्रभावकारी प्रतिक्रिया नजनाइएको आयोगको निष्कर्ष छ। दुर्घटनास्थलसम्म सहज पहुँच नहुनु, आपतकालीन गेट बन्द हुनु, र अग्निनियन्त्रण उपकरणको पहुँच ढिलो हुनुका कारण थप क्षति भएको उल्लेख छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राधिकरणले नियामक भूमिकामा कमजोरी देखाएको, नियमित अनुगमन नगरेको र जोखिमपूर्ण अभ्यासलाई नजरअन्दाज गरेको आयोगको आरोप छ। साथै, वायुसेवा कम्पनीहरूले ‘फेरी फ्लाइट’ लगायतका प्राविधिक उडानका लागि बनेका म्यानुअलको समेत पालना नगरेको पाइएको छ।

आयोगले आगामी दिनमा यस्ता दुर्घटनाबाट बच्न सबै वायुसेवा कम्पनीका उडान डाटा निगरानी तथा विश्लेषण गर्न, सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गराउन र प्राधिकरणको भूमिका थप जिम्मेवार बनाउने सुझाव दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.