काठमाण्डौ । अविरल वर्षाका कारण हिजोबाट रोकिएका देशभित्रका हवाई उडान आज बिहानैदेखि पुनः सुरु भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम सुधारसँगै देशका विभिन्न गन्तव्यतर्फ आन्तरिक उडान क्रमशः सञ्चालनमा आएका हुन्।
कार्यालयले दिएको जानकारीअनुसार काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरका लागि बिहानै उडान भइसकेका छन्। साथै, पोखरा र सुर्खेततर्फको मौसम पनि हवाई सञ्चालनका लागि अनुकूल बनेपछि ती मार्गमा पनि उडानहरू पुनः सुरु गरिएका छन्।
विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकादेखि नै नियमित रुपमा सञ्चालन भइरहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।