आईतवार, श्रावण ३,२०८३ 12:11:16
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 12:11:16
Bizshala
Global IME Bank Limited

केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली

केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली
New Office

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन केवलकार परियोजनाको काम छिटो सम्पन्न गर्न माग गर्दै बृहत् सद्भाव र्‍याली निकालिएको छ। सदरमुकाम फुङ्लिङमा ‘विकासप्रेमी युवा समाज’ को ब्यानरमा निकालिएको र्‍यालीमा स्थानीय बासिन्दा, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो।

र्‍यालीमा सहभागीहरूले केवलकार निर्माणले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने भन्दै निर्माण कार्यलाई निरन्तर अघि बढाउनुपर्ने माग गरेका थिए। फुङ्लिङ बजार परिक्रमा गरेपछि र्‍याली बिरेन्द्र चोकमा सभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै सरोकारवालाहरूले सरकारले निर्माण कार्यका लागि आवश्यक वातावरण मिलाउनुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले परियोजना करिब ६० प्रतिशत पूरा भइसकेको अवस्थामा यसलाई स्थगन गर्नु उपयुक्त नहुने बताउँदै छिटो निर्माण सम्पन्न हुने वातावरण बनाउन आग्रह गरे।

कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरे, ज्येष्ठ नागरिक अगुवा कर्ण लिम्बू, जेनजी अगुवा करण गुरुङ, महिला नेतृ मिना गुरुङ, युवा अगुवा पदमचेन्जी माबो लगायतले आ-आफ्ना धारणा राखेका थिए।

निर्माण पक्षका अनुसार परियोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। निर्माणकै क्रममा सरकारले स्थगन गर्न निर्देशन दिएको भन्ने चर्चा चलिरहेका बेला, निर्माण कार्य अघि बढाउन वातावरण बनाउनुपर्ने मागसहित र्‍याली आयोजना गरिएको जनाइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.