बिहीबार, चैत्र २६,२०८२ 06:20:45
Bizshala
  • बिहीबार, चैत्र २६,२०८२ 06:20:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

योजना आयोगमा विविध क्षेत्रका विज्ञ नियुक्त, बालेनका पूर्वसल्लाहकार रेशु अर्यालसहित ६ सदस्य

Bizshala
योजना आयोगमा विविध क्षेत्रका विज्ञ नियुक्त, बालेनका पूर्वसल्लाहकार रेशु अर्यालसहित ६ सदस्य
Shivam Cement

काठमाण्डौ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । यससँगै आयोगको सदस्यमा विश्वविद्यालयका प्राध्यापकदेखि प्रधानमन्त्री बालेन्द्र शाहका पूर्वसल्लाहकारसम्मलाई समावेश गरिएको छ ।

आयोगमा थप ६ जना सदस्य नियुक्त भएका छन् । उनीहरूमा अर्जुनजंग थापा, डा. सुदन झा, रेशु अर्याल, देवेन्द्र गौचन, पुकार मल्ल र डा. सञ्जय आचार्य रहेका छन् । नियुक्त भएकामध्ये तीन जना विश्वविद्यालयका प्राध्यापक छन् ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

नियुक्त व्यक्तिहरूको संक्षिप्त विवरण यसप्रकार छ :

अर्जुनजंग थापा : भौतिक पूर्वाधार तथा सडक क्षेत्रका विज्ञ । भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसचिव ।

डा. सुदन झा : काठमाडौं विश्वविद्यालयका प्राध्यापक । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विज्ञ ।

रेशु अर्याल : टिच फर नेपालकी संस्थापक बोर्ड सदस्य तथा सामाजिक अभियन्ता । प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनलाई शिक्षा सल्लाहकार बनाइएको थियो । उनले एक वर्षमै उक्त पदबाट राजीनामा दिएकी थिइन् ।

देवेन्द्र गौचन : कृषि विज्ञ । नेपाल कृषि अनुसन्धान परिषद्मा वरिष्ठ वैज्ञानिकको अनुभव । त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका प्राध्यापक ।

पुकार मल्ल : सुशासन तथा नीति विश्लेषक । गभर्नेन्स ल्याबका सहसंस्थापक तथा अध्यक्ष । अक्सफाम, युके एड जस्ता संस्थामा आर्थिक विज्ञको अनुभव ।

डा. सञ्जय आचार्य : त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका प्राध्यापक । विकास अर्थशास्त्र, सार्वजनिक नीति र आर्थिक विश्लेषणमा विशेष दखल ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सरकारको यो नियुक्तिले राष्ट्रिय योजना आयोगलाई विविध क्षेत्रका विज्ञ तथा प्राध्यापकहरूबाट लाभ मिल्ने अपेक्षा गरिएको छ । नियुक्ति भएकाहरूले आर्थिक विकास, पूर्वाधार, कृषि, शिक्षा, सुशासन र नीति निर्माणका क्षेत्रमा योगदान दिने बताइएको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.