मंगलवार, बैशाख १,२०८३ 03:36:10
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 03:36:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भावी प्रधानमन्त्रीको खोजी: काठमाण्डौ उपत्यकामा बालेन पहिलो रोजाइ, गगन र कुलमान बराबरीमा, ओली र हर्क पछाडि

Bizshala
भावी प्रधानमन्त्रीको खोजी: काठमाण्डौ उपत्यकामा बालेन पहिलो रोजाइ, गगन र कुलमान बराबरीमा, ओली र हर्क पछाडि
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ उपत्यकाका मतदाताले भावी प्रधानमन्त्रीका रूपमा नयाँ अनुहारलाई प्राथमिकता दिएको संकेत देखिएको छ। बिजशालाले काठमाण्डौ, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरूमा गरेको स्थलगत जनमत सर्वेक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सर्वाधिक लोकप्रिय प्रधानमन्त्रीको विकल्पका रूपमा अगाडि देखिएका छन्।

पछिल्ला केही दिनयता बिजशालाका संवाददाताले उपत्यकाका विभिन्न स्थानमा पुगेर “आगामी निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री को बनेको हेर्न चाहनुहुन्छ ?” भन्ने प्रश्न सोध्दा खुलेर प्रतिक्रिया दिने ३८० जना मतदातामध्ये २३० जनाले बालेन शाहको नाम लिएका छन्। यो कुल उत्तरदाताको ६०.५२ प्रतिशत हो, जसले काठमाण्डौबासीको झुकाव स्पष्ट रूपमा नयाँ पुस्ताका नेतृत्वतर्फ रहेको देखाउँछ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

जनमतमा दोस्रो स्थानमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र तेस्रो स्थानमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ देखिएका छन्। यी दुवैलाई समान ४०/४० जनाले समर्थन जनाएका छन्, जुन कुल मतको १०.५२ प्रतिशत बराबर हो।

यस्तै, वैकल्पिक राजनीतिका चर्चित अनुहार हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मत २० जनाले व्यक्त गरे भने ज्ञानेन्द्र शाहीको पक्षमा १० जनाले समर्थन जनाएका छन्।

एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीका रूपमा हेर्न चाहने मतदाताको संख्या भने जम्मा १० मा सीमित देखिएको छ, जसले पुराना राजनीतिक नेतृत्वप्रति काठमाण्डौबासीको चासो घट्दै गएको संकेत गर्छ।

CG Motors
Garima Development Bank
IME remit

यसैबीच, कुनै पनि व्यक्तिको नाम नलिई “देश बनाउने क्षमतावान व्यक्ति प्रधानमन्त्री हुनुपर्छ” भन्ने धारणा राख्ने मतदाताको संख्या पनि उल्लेख्य देखिएको छ। यस्तो मत व्यक्त गर्ने ३० जना मतदाता कुल उत्तरदाताको ७.८९ प्रतिशत हुन्।

यो सर्वेक्षणले काठमाण्डौ उपत्यकामा परम्परागत राजनीतिक ध्रुवीकरणभन्दा बाहिर सोच्ने मतदाताको संख्या बढ्दै गएको र आगामी निर्वाचनमा नेतृत्व चयनको बहस झनै रोचक बन्ने संकेत गरेको छ।

स्मरण रहोस्, नेपालमा प्रधानमन्त्री प्रत्यक्ष चुन्ने राजनीतिक प्रणाली छैन । मतदाताहरुले भावी प्रधानमन्त्रीका लागि आफ्नो रोजाईका व्यक्तिहरुको नाम बताए पनि कुनै पनि उम्मेद्वार प्रधानमन्त्री बन्नका लागि पहिला निर्वाचनमा जितेर सांसद बन्नुपर्छ । त्यसपछि ऊ आबद्ध दलको एकल बहुमत भयो भने वा दुई र त्योभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने परिस्थिति आयो भने पनि उनीहरुको बहुमत समर्थन संसदको जुन सदस्यलाई प्राप्त हुन्छ, उसले नै सरकारको नेतृत्व गर्ने शौभाग्य प्राप्त गर्छ । 

(नोटः यस सर्वेक्षणसँग सम्बन्धित भिडियो रिपोर्ट केहीबेरपछि बिजशालाको फेसबुक र युट्युब च्यानलमार्फत प्रसारण हुनेछ।)

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.