कंग्रेस विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाण्डौ । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश नदिने निर्णय गरेसँगै गगन थापा नेतृत्वको कांग्रेसलाई संगठनात्मक गतिविधि अघि बढाउन कानुनी अवरोध हटेको छ ।

