आजपनि घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो
काठमाण्डौ । सुनको मूल्य लगातार दुईदिन घटेको छ । अघिल्लो दिन २४ सय रुपैयाँले घटेको सुनको मूल्य आजपनि घटेको हो । आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा सीमित बनेको छ ।