काठमाण्डौ । लागातार ४ दिन घटेको सुनको भाउ आज बढेको छ । आज अघिल्लो दिनको तुलनामा १ रुपैयाँले बढ्दै सुनको ओरालो यात्रा थामिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा भईरहेको जनाएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य १ सय रुपैयाँले घटेको थियो । उक्त दिन एक तोला सुनको मूल्य १ लाख ९६ हजार ७ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३४० रुपैयाँ कायम भएको छ ।