सुनको मूल्य १४ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । अमेरिकी ट्रेजरीको घट्दो प्रतिफल र डलर केही कमजोर बनेसँगै सुनको मूल्य आज बढेको हो । आज सुनको मूल्य १४ डलरले बढ्दै प्रतिऔंस ३ हजार ३२८ डलरमा कारोबार भईरहेको छ ।