बिहीबार, श्रावण २१,२०८३ 01:26:20
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 01:26:20
Bizshala
Global IME Bank Limited

जेनजीको कैयन कल बालेनले उठाएनन्, त्यसपछि सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति

जेनजीको कैयन कल बालेनले उठाएनन्, त्यसपछि सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति
New Office

काठमाण्डौ । जेनजीको भर्चुअल बैठकमा सहभागीहरुले अन्तरिम सरकारको सम्भावित प्रधानमन्त्रीको रुपमा चर्चा गरिएका बालेन शाहले कैयौ पटक फोन गर्दा पनि रेसपोन्स नगरेको गुनासो गरेका छन् ।  

जेनजीको भर्चुअल बैठकको संक्षिप्त माइन्यूट सार्वजनिक भएको हो । जसमा भावी प्रधानमन्त्रीको रुपमा बालेन शाहको धारणा बुझ्न पटक पटक कल गर्दा पनि उनले फोन रेसपोन्स नगरेका दाबी गरिएको छ । 

जेनजीहरुले बालेन शाहले रेसपोन्स नगरेपछि दोश्रो विकल्पको रुपमा सुशीला कार्कीको नाम अगाडि सारेका थिए । सुशीला कार्की पनि सरकारको नेतृत्व गर्ने विषयमा स्पष्ट नभएको, तर जेनजीहरुले हस्ताक्षर संकलन गरेर अगाडि बढाउन चाहन्छन् भने नेतृत्व लिन तयार रहेको बताएको बैठकमा रिपोर्टिङ भएको छ ।  

तेश्रो विकल्पमा रास्वपा सांसद सुमना श्रेष्ठको नाम ल्याइएको थियो । तर श्रेष्ठले आफू दलमा आबद्ध भएकोले सरकारको नेतृत्वका लागि अगाडि बढ्न नसक्ने जवाफ दिएकी थिइन् ।  

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ चाहिँ सरकारको नेतृत्व गर्न तयार रहेका सो क्रममा जेनजीहरुले बताएका छन् । 

सागर ढकाल पनि तयार नै रहेका तर धनगढीमा अड्किएका सो क्रममा बताइएकोछ ।  

कुलमान घिसिंगलाई भने मेन्टरको रुपमा जेनजीले स्वीकार गरेका देखिएको छ ।  

र्याण्डम नेपाली नामका राष्ट्रविमोचन तिमिल्सिनाले चाहिँ कसैले नचाहेको खण्डमा मात्र आफू तयार रहेको बताएका रिपोर्टिंग भएको स्रोतको भनाई छ ।  

बालेनको निजी सचिवालयका एक सदस्यले अन्तरिम सरकारको नेतृत्व गर्न उनी इच्छुक छैनन् । ताजा जनादेशमा मुलुक गई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने र त्यसका लागि आफू तयार रहेको उनले निकटस्थहरुलाई बताउने गरेका छन् । जनमतसहितको बलियो प्रधानमन्त्री बनेर देशको कायापलट गर्ने उनको इच्छा रहेका कारण अहिले नै उनले अगाडि बढ्ने चाहना नदेखाएका हुनसक्ने स्रोत बताउँछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.