IME remit
  • शुक्रबार, श्रावण ३०,२०८२ 02:31:26
एशियन होटलले ३५ लाख कित्ता आईपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
STOCK MARKET

एशियन होटलले ३५ लाख कित्ता आईपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । भैरहवाको लुम्बिनीमा रहेको एशियन होटलले आईपीओ जारी गर्ने भएको छ ।  यो होटलले आईपीओ जारीका लागि आवश्यक प्रक्रियाको सुरुवात गरेको हो ।  पर्यटकीय नगरी लुम्बिनीमा विगत ४ वर्षदेखि उत्कृष्ट सेवा र आतिथ्यको पहिचान बनाउँदै आएको एशियन होटलले आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्यले ३५ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने तयारी थालेको हो । 

नेप्सेको चार्टमा ‘डोजी स्टार’, कस्तो रहला अब बजार ?
STOCK MARKET

नेप्सेको चार्टमा ‘डोजी स्टार’, कस्तो रहला अब बजार ?

काठमाण्डौ । दिनभर सामान्य अंकले तलमाथि गरेको सेयर बजार आज अन्त्यमा २.६२ अंकले बढेर बन्द भयो । आज ७ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा अघिल्लो कारोबारमा वियरिस क्याण्डल पछि ‘डोजी स्टार’बनेको छ ।  यदि तल–माथि लामो धागो सहित ‘प्लस’ आकार देखिन्छ भने त्यसलाई ‘डोजी स्टार’ भनिन्छ ।  यसले बजार घट्न रोकिदै गरेको बुझ्न सकिन्छ । तर यो निश्चित...

शीर्ष ६ वटा ब्रोकरबाट उच्च खरिद, कुनबाट कति ?
STOCK MARKET

शीर्ष ६ वटा ब्रोकरबाट उच्च खरिद, कुनबाट कति ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ७ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र...

आइजिनको विषयमा छिट्टै निष्कर्षमा पुग्दै धितोपत्र बोर्ड, के छ सीडीएससीको निर्देशिकामा ?
STOCK MARKET

आइजिनको विषयमा छिट्टै निष्कर्षमा पुग्दै धितोपत्र बोर्ड, के छ सीडीएससीको निर्देशिकामा ?

काठमाण्डौ । पछिल्लोपटक निकै चर्चामा रहेको आइजिनको विषयलाई धितोपत्र बोर्डले छिट्टै टुङ्गो लगाउने भएको छ । सीडीएससीले धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका २०८२ पारित गरेर बोर्डमा पठाए पछि यो विषयले निकै चर्चा पाएको छ ।  धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार यस विषयमा बोर्डमा घनिभूत छलफल भएको छ । अब बस्ने बोर्ड बैठकमा यो विषयलाई पनि एजेण्डाको रुपमा...

माबिलुङ इनर्जीको आइपीओमा २१.३५ गुणा बढी आवेदन, २२ लाखको हात खाली हुने निश्चित
STOCK MARKET

माबिलुङ इनर्जीको आइपीओमा २१.३५ गुणा बढी आवेदन, २२ लाखको हात खाली हुने निश्चित

काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म २१.३५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख २५ हजार २५६ जनाले आवेदन दिएका छन् ।  आइपीओमा २ अर्ब ६६ करोड ६७ लाख १७ हजार रुपैयाँ बराबरको २ करोड ६६ लाख ६७ हजार १७० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा २१ गुणा बढी आवेदन हो ।  

घाटामा रहेको सामुदायिक लघुवित्तले कमायो रु.३९.८८ लाख नाफा, खराब कर्जामा सुधार
STOCK MARKET

घाटामा रहेको सामुदायिक लघुवित्तले कमायो रु.३९.८८ लाख नाफा, खराब कर्जामा सुधार

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था नाफामा उक्लिएको छ । अघिल्लो आवमा ४ करोड १७ लाख रुपैयाँ घाटा ब्यहोरेको यो संस्थाले गत आवमा भने ३९ लाख ८८ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । संस्थाको खराब कर्जा घटेर ब्याज आम्दानी बढ्न पुगेपछि नाफामा उक्लिन सफल भएको हो । संस्थाको एनपीएल ७.९० प्रतिशतबाट घटेर ४.८९ प्रतिशत कायम भएको छ । खराब कर्जा घटेपछि संस्थाले गत आवमा १० करोड ९२...

माछापुच्छ्रे क्यापिटल र लक्ष्मी सनराइज बैंकबीच ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन सम्झौता
STOCK MARKET

माछापुच्छ्रे क्यापिटल र लक्ष्मी सनराइज बैंकबीच ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन सम्झौता

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा लक्ष्मी सनराइज बैंक लिमिटेडबीच ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टि सेवा प्रदान गर्ने सहमति भएको छ ।  उक्त सम्झौता साउन २९ गते भएको हो ।  

नारायणी डेभलपमेन्ट बैंकद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय
STOCK MARKET

नारायणी डेभलपमेन्ट बैंकद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति निर्धारण गरेको छ । बैंकको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तय गरेको हो ।  

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत
STOCK MARKET

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले लिलाममार्फत बिक्री गरेको २ लाख २४ हजार ७२८ कित्ता हकप्रद सेयर आज सूचीकृत भएको हो ।  

नेप्सेमा थप ५५ लाख ६८ हजार कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा थप ५५ लाख ६८ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  

१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
STOCK MARKET

१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक अंकले २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । बीमा समूहका दुई दुबै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.०५ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह...

नेप्सेमा झिनो अंकको सुधार, कारोबार पनि बढ्यो
STOCK MARKET

नेप्सेमा झिनो अंकको सुधार, कारोबार पनि बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०९ प्रतिशत अर्थात २.६२ अंकले बढेर २ हजार ७८८.३६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१९ प्रतिशतले घटेर ४७८.८२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर ७...

रसुवागढी जलविद्युत ४८.७२ करोड घाटामा, आम्दानी र ईपीएस कति ?
STOCK MARKET

रसुवागढी जलविद्युत ४८.७२ करोड घाटामा, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । रसुवागढी जलविद्युत आयोजना गत आवको चौथो त्रैमाससम्म ४८ करोड ७२ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४ करोड २९ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले विद्युत बिक्रीमार्फत ९६ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको सञ्चालन मुनाफा २७ करोड २२ लाख रुपैयाँ रहेको छ । कम्पनीले १४ लाख ९ हजार...

सानिमा माई हाइड्रोपावरले कमायो रु.३२.३७ करोड नाफा, इपीएस ८.६६ रुपैयाँ
STOCK MARKET

सानिमा माई हाइड्रोपावरले कमायो रु.३२.३७ करोड नाफा, इपीएस ८.६६ रुपैयाँ

काठमाण्डौ । सानिमा माई हाइड्रोपावरले गत आवको अन्त्यसम्म ३२ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा ८.५४ प्रतिशत कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३५ करापेड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

वित्त खर्च घटेसँगै मोलुङ हाईड्रोपावरको नाफा १०९% ले बढ्यो
STOCK MARKET

वित्त खर्च घटेसँगै मोलुङ हाईड्रोपावरको नाफा १०९% ले बढ्यो

काठमाण्डौ । वित्त खर्च घटेसँगै मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडको नाफामा सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ७३ लाख रुपैयाा खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०९.९३ प्रतिशतले बढी हो ।  अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

मैलुङ खोला जलविद्युत कम्पनीको नाफा २८१.५०% ले बढ्यो, इपीएस जम्मा ९३ पैसा
STOCK MARKET

मैलुङ खोला जलविद्युत कम्पनीको नाफा २८१.५०% ले बढ्यो, इपीएस जम्मा ९३ पैसा

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनीको खुद नाफा २८१.५० प्रतिशतले बढेको छ । गत आवको अन्त्यसम्म कम्पनीले ३५ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले जम्मा ९ लाख १९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । नाफामा सुधार देखिएपनि विद्युत बिक्री आम्दानी भने ६.९६ प्रतिशतले घटेको छ । अघिल्लो अवामा ९ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले गत आवमा...

माउन्टेन हाईड्रो नेपाल ४१.६० करोड घाटामा, रिजर्भ पनि ९५ करोड बढीले ऋणात्मक
STOCK MARKET

माउन्टेन हाईड्रो नेपाल ४१.६० करोड घाटामा, रिजर्भ पनि ९५ करोड बढीले ऋणात्मक

काठमाण्डौ । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ४१ करोड ६० लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी ३ करोड ७२ लाख बढी घाटामा थियो ।  आम्दानीमा आएको गिरावटका कारण कम्पनीको घाटा बढेको हो । कम्पनीले २३ करोड ३१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवको सोही...

कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा, कुनको कति ?
STOCK MARKET

कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा, कुनको कति ?

काठमाण्डौ । कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा गरिएको छ । कुमारी क्यापिटल योजना व्यवस्थापक तथा कुमारी बैंक कोष प्रवद्र्धक रहेका तीनवटा योजनाको लाभांश घोषणा गरिएको हो ।  

श्वेत गंगा हाईड्रोपावरको घाटामा उल्लेख्य कमी, आम्दानी ६८ करोड बढी
STOCK MARKET

श्वेत गंगा हाईड्रोपावरको घाटामा उल्लेख्य कमी, आम्दानी ६८ करोड बढी

काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको घाटामा उल्लेख्य कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रेमाससम्म ५७ लाख ८९ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १६ करोड ६० लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले ६८ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३.५५ प्रतिशतले बढी हो । कम्पनीको...

अभियान लघुवित्तको १५.३७ लाख कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त
STOCK MARKET

अभियान लघुवित्तको १५.३७ लाख कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आजबाट समाप्त हुने भएको छ । संस्थाको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि आजबाट समाप्त हुन लागेको हो ।  संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १५ लाख २५ हजार कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १२ हजार ५०० कित्ता गरी कुल १५ लाख ३७ हजार ५ सय...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.