मंगलवार, बैशाख १,२०८३ 06:59:08
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 06:59:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यसपटक सेयर बजार लामो समय बन्द हुनसक्ने, यस्तो छ विगतको नजिर

Bizshala
यसपटक सेयर बजार लामो समय बन्द हुनसक्ने, यस्तो छ विगतको नजिर
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनका कारण सिर्जित विषम परिस्थितिका कारण यो साता सेयर बजार बन्द रह्यो । नेप्सेले आज एक सूचना निकालेर असोज २ गतेसम्म समेत सेयर कारोबार नहुने जनाएको छ ।  

तर सेयर बजारका अधिकांश लगानीकर्ता तथा ब्रोकरहरुले भने असोज २ गतेसम्म मात्र नभई हालको जटिल राजनीतिक अवस्थामा सुधार नआएसम्मका लागि सेयर बजार बन्द गर्नुपर्ने माग राखेका छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विभिन्न लगानीकर्ता संगठनहरुले विज्ञप्ती जारी गरेर मनोबल कमजोर भएका बेला आम लगानीकर्ताको सम्पत्ति जोगाउन अस्थायी रुपमा बजार बन्द गर्नुपर्ने माग राखेका छन् ।  

सेयरबजार निकै सम्वेदनशील् क्षेत्र भएकाले परिस्थिति सहज भई अर्थतन्त्र चलायमान भएमात्रै सेयरबजार खोल्नुपर्ने उनीहरुको धारणा रहेको छ ।  

तर केही लगानीकर्ताहरुले भने दशैंजस्तो चाडपर्व आएका कारण आवश्यक खर्चको जोहो गर्नका लागि भए पनि सेयर बजार लामो समय बन्द हुन नहुने तर्क गरेका छन् ।  

यद्यपि अधिकांश लगानीकर्ता भने बजार बन्द हुनुपर्ने पक्षमै देखिन्छन् ।  

हिजो मात्रै पाँच लगानीकर्ता संघ संगठनले सेयर बजार बन्द गर्न माग गर्दै नियामक निकायहरुलाई ज्ञापन बुझाएका थिए ।  

आज पनि तीन लगानीकर्ता संघ तथा संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यथास्थितिमा सेयरबजार नखोल्न माग गरेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

यसअघि कोभिडको समयमा सेयर बजार ३ महिना बन्द रहेको थियो भने २०७२ सालको भूकम्पको बेला पनि १ महिना सेयर कारोबार भएको थिएन । तर धितोपत्र ऐन २०६३ को दफा १ को  ‘घ’ मा धितोपत्र बोर्डको विशेषाधिकार प्रयोग गरेर बजार एक पटकमा अधिकतम ५ दिन मात्र बन्द हुनसक्ने प्रावधान रहेको छ।  

धितोपत्र बजारका जानकार अमृत खरेल अहिले असहज अवस्थाका बीच सर्वोच्च अदालत समेत बन्द रहेको अवस्थामा सेयर बजार बन्द हुनु स्वभाविक भएको तर्क गर्छन् ।

नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले यसअघि पनि कोरोना महामारी तथा भूकम्पको बेला लामो समय सेयर बजार बन्द रहेको नजिर रहेको जानकारी दिए ।  

यसैगरी, धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले हाल देशको बिषम अवस्थामा माग तथा आवश्यकताको आधारमा सेयर बजार बन्द भएको जानकारी दिए ।  

‘देशमा देखिएको जटिल राजनीतिक संकटको घडिमा लगानीकर्ताको सम्पत्ति संरक्षणका लागि सेयर बजार बन्द भएको हो । अवस्थामा क्रमिक सुधार आएसँगै सेयर बजार पुनः सञ्चालनमा आउनसक्छ,’ उनले भने ।  

विगतको नजिर हेर्दा र हालको राजनीतिक संकटमा शीघ्र सुधार हुन नसक्ने अवस्थाका कारण यसपालि पनि बजार लामो समयसम्म बन्द हुनसक्ने नियामकहरुको पनि संकेत देखिएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.