चुनावी माहौलले तात्यो सेयर बजार: ८ दिनमा लगानीकर्ताको सम्पत्ति २.३ खर्बले बढ्यो, सूचकमा पनि उछाल
काठमाण्डौ । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने निश्चित भएपछि सेयर बजारका लगानीकर्ताहरुको सम्पत्ति अरबौंले बढेको छ ।चुनावी माहौल बनेसँगै सेयर बजारमा लगानी गर्नेहरुको सम्पत्ति २ खर्ब ३० अर्बभन्दा बढीले वृद्धि भएको देखिएको हो ।

