शनिबार, फाल्गुन १०,२०८१ 10:08:50
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:08:50
IME remit
Global IME Bank Limited

यी फ्याक्टरले बजार बूम, रेकर्डै रेकर्ड बन्न थालेको बजारले अलटाइम हाई चुम्ला ?

Hyundai Nepal
यी फ्याक्टरले बजार बूम, रेकर्डै रेकर्ड बन्न थालेको बजारले अलटाइम हाई चुम्ला ?
Nabil Bank Limited

काठमाण्डौ । सरकार सञ्चालनको तहमा बसेको व्यक्तिदेखि सामान्य लगानीकर्तासम्मका व्यक्तिहरु सकारात्मक हुँदा सेयर बजारमा आइतबार उछालको अवस्था देखिएको छ ।  

बजारसँग सरोकार राख्ने सम्बद्ध सबै पक्षहरु सकारात्मक बन्दा माहौल पनि उत्साहपूर्ण बनेको छ । जसको फलस्वरुप लगानीकर्ताहरुले नयाँ नयाँ र थप लगानी भित्र्याउने क्रमलाई तीव्र पारेका छन् भने ठूला लगानीकर्ता पनि बढ्दो बजारको मौका छोप्न लगानीको दायरा बढाउँदै आक्रामक भएपछि साताको पहिलो कारोबार दिन नै नेप्से उच्च अंकले वृद्धि भएको छ ।  

नेप्से कुनै एउटा कारणले मात्र हठात आइतबार बढेको भने होइन । केही दिनदेखि २८०० को मनोवैज्ञानिक विन्दूको परीक्षण गरिरहेको बजारले त्यसलाई ब्रेक गरेर अझ माथि जाने आधारहरु तयार गरेको छ । २८०० को मनोवैज्ञानिक विन्दू ब्रेक गरेपछि बजार ३१०० माथि पुग्छ भन्ने विश्लेषणले समेत लगानीकर्ताको मनोबल बढाउन प्रशस्त काम गरेको देखिन्छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

यसबाहेक शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारको विषयमा सकारात्मक प्रतिक्रिया दिएका विषय बाहिर आएको थियो । बजारले अलटाइम हाई ब्रेक गरेपछि आफू पनि लगानीकर्तासँगै बसेर उत्सव मनाउने र केक काट्ने सन्देश प्रवाह गरेका कारण समेत लगानीकर्तामा अभूतपूर्व उत्साह आएको देखिएको छ । सरकार प्रमुखले नै बजारलाई सकारात्मक लयमा लैजानुपर्ने र देखिएको उत्साह कम हुन नदिने अभिव्यक्ति दिएपछि आगामी दिनमा अझ राम्रा बजारमैत्री नीति आउँछन् भन्ने आशामा लगानीकर्ताहरुले आक्रामक खरिदारी बढाएका छन् । फलस्वरुप बजारले साताको पहिलो कारोबार दिन ने ९४.४६ अंकको फड्को हान्यो ।  

बजारमा उछाल आउनु पछाडिको अर्को कारण केही ठूला संस्थागत लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट ठूलो भोल्युममा सेयरधितो कर्जा लिएको विषय पनि हो । बिहीबार र शुक्रबार त्यस्ता केही लगानीकर्ताले अर्बका दरले लोन लिएको बिषय बाहिरिएपछि त्यो पैसा बजारमा आउने आशामा लगानीकर्ताहरुले समेत लगानी बढाउँदा बजार बढ्न पुगेको हो । मौद्रिक नीतिले संस्थागत लगानीकर्ताले लिने सेयरधितो कर्जाको सीमा हटाइदिएपछि यसले बजारमा उत्साह ल्याएको देखिन्छ ।  

बजारमा बढोत्तरी हुने अर्को प्रमुख कारण प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सरकार र सम्बद्ध निकायको नाममा जारी गर्ने निर्देशन पनि हो । अर्थसमितिले आइतबार बजार सुरु हुनुअघि नै शुक्रबार भएको छलफलको निर्णय सार्वजनिक गरेको थियो । जसमा सेयर बजारलाई सकारात्मक दिशामा अगाडि बढाउनुपर्ने, यसलाई प्राकृतिक लयमा चल्न दिनुपर्ने, धितोपत्र बोर्डको अध्यक्ष अविलम्ब नियुक्त गरिनुपर्ने, बजारलाई पारदर्शी, दिगो र स्वच्छ बनाउनुपर्ने, बजारको विषयमा समस्या समाधान गर्नका लागि १५ दिनभित्र सरकारले कार्ययोजना पेश गर्नुपर्ने लगायतका विषय समेटिएका छन् । अर्थसमिति समेत बजारप्रति सकारात्मक भएपछि यसले लगानीकर्तामा उत्साह थपेको देखिन्छ ।  

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता फालाफाल हुनु, बैंकको ब्याजदर न्यून विन्दूमा आइपुग्नु, सहकारी संस्थाहरु समस्याग्रस्त हुँदा त्यहाँ जम्मा हुने गरेका पैसाहरु समेत बढ्दो बजारमा लगानी हुनु, लगानीका अन्य क्षेत्र सुस्त हुँदा आइडल बसेका पैसाहरु समेत निस्किएर बजारमै खन्याइनु लगायतका कारणले समेत नेप्सेलाई निरन्तर बलियो बनाउँदै गएको देखिन्छ ।  

बने रेकर्डै रेकर्ड

लगानीकर्ताको अभूतपूर्व प्रवेश र सक्रियताका कारण सेयर बजारमा दैनिकजसो रेकर्डहरु बन्न थालेका छन् । प्रधानमन्त्रीले सेयर बजार विरोधीलाई लखेट्नू भनी निर्देशन दिएको र यहाँ देखिएको उत्साह कायमै राख्नुपर्ने धारणा व्यक्त गरेको विषय खबरको रुपमा बाहिरिएको भोलिपल्ट आइतबारको बजारमा धेरैवटा नयाँ रेकर्डहरु बनेका छन् ।  

यो दिन बजारमा २५ अर्ब ७७ करोड बढीको सेयर कारोबार भएको छ । नेपालको इतिहासमै नेप्सेमा एकैदिन यति ठूलो रकमको सेयर कारोबार भएको थिएन ।  

यस्तै, आइतबार एकैदिन सबैभन्दा धेरै कित्ताको सेयर कारोबार भएको र सबैभन्दा धेरैवटा कारोबार भएको विषयमा पनि नयाँ रेकर्डहरु बनेका छन् ।  

यो दिन  ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच भए भने २ लाख ७५ हजार २०७ वटा कारोबार भए ।  

कुल ३३० कम्पनीको सेयर कारोबार भएको यो दिन बजारमा उछाल आई कारोबारमा पनि नयाँ रेकर्ड बन्दा कुल बजार पूँजीकरण समेत बढेर ऐतिहासिक उचाईमा पुगेको छ । आज बजार बन्द भएपछि नेप्सेको कुल पूँजीकरण बढेर ४५ खर्ब ४१ अर्ब माथि पुगेको हो ।  

बजार अझै बढ्छ ?

फण्डामेन्टल कारण र आधारहरुलाई केलाएर विश्लेषण गर्ने जानकार, प्राविधिक कोणबाट हेर्ने विश्लेषक, ब्रोकर, ठूलादेखि साना लगानीकर्ता, बजारका प्रमुख अपरेटर लगायतसँग कुरा गर्दा अधिकांशको बजारप्रति निकै सकारात्मक धारणा पाइएको छ ।  

अधिकांशले बजारले २८०० विन्दूको मनोवैज्ञानिक तह ब्रेक गरेकोले अब बजार अझै माथि जाने दाबी गरे ।  

बिजशालाले शनिवार र आइतबार कुराकानी गरेका अधिकांशले २८०० बाट बजार अगाडि बढे २९०० देखि ३१०० विन्दूसम्ममा इन्ट्रा डे करेक्सन हुँदै पुग्ने दाबी गर्न भ्याएका छन् ।  

कतिपयले नेप्से परिसूचक अब इन्ट्रा डे करेक्सन हुँदै अलटाइम हाईलाई ब्रेक गर्ने तहमा पुग्ने र त्यसपछि मात्र निकै ठूलो करेक्सन आउनेसम्मको दाबी गरेका छन् । इन्ट्रा डे करेक्सन हुँदै बजारले अलटाइम हाई ब्रेक गरेकोमा खण्डमा एउटा ठूलो करेक्सन आउने र त्यसपछि अगाडि बढेको बजारले ४००० को विन्दू सहजै पार गर्ने दाबी गर्नेहरु पनि प्रशस्तै भेटिए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.