काठमाण्डौ । थप दुई हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेका छन् ।
सिद्धि हाइड्रोपावर र मिडिल मोदी हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा मंसिर २ गते निवेदन पेश गरेका हुन् ।
सिद्धि हाइड्रोले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, मिडिल मोदी हाइड्रोले ३० करोड ७७ लाख रुपैयाँ बराबरको ३० लाख ७७ हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको हो । यो कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
यी दुवै कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा आईपीओ निष्कासनको अनुमति मागेका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।