सेयरबजारमा सामान्य करेक्सन, जानकार भन्छन्, ‘नाफा बुक तर बुलिसको लागि आधार तय’
काठमाण्डौ । सेयरबजारमा आज सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्स भने ०.०५ प्रतिशतले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज १३ उपसूचकमध्ये ७ वटा समूहमा हरियाली छाएको भने ८ समूहमा रातो...

