शनिबार, फाल्गुन १०,२०८१ 10:11:52
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:11:52
IME remit
Global IME Bank Limited

यी ३ कारणले बजार प्यानिक, कान नछामी कागको पछि कुद्दा लगानीकर्तालाई फसाद !

Hyundai Nepal
यी ३ कारणले बजार प्यानिक, कान नछामी कागको पछि कुद्दा लगानीकर्तालाई फसाद !
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजार सेन्टिमेन्टमा चल्ने ठाउँ हो । यहाँ सानो हल्लाले समेत निकै ठूलो प्रभाव पर्नसक्छ । जसको उदाहरण पछिल्ला दुई दिनमा देखिएको छ ।  

बजार बढ्दैन मात्र, घट्छ पनि । करिब १००० अंकले बढेको बजारमा केही सय अंकको गिरावट स्वभाविक मान्नुपर्छ । तर, आइतबार र मंगलबारको बजारको गिरावटको गति केही अस्वभाविक जस्तो देखिएको छ । बजारका लगानीकर्तामा जुन किसिमको त्रास र अधैर्यता देखिन्छ, त्यसको कारण तथा आधार भने निकै नै फितलो र कमजोर छ ।  

बजारका लगानीकर्ताहरु आधारहीन हल्लाको पछि लाग्दा आइतबार र मंगलबारको बजारमा पहिरो गएको देखिन्छ । कसैले भनेको भरमा आफ्नो कान नछामी कागले कान लग्यो भन्दै दगुर्ने प्रवृति नै बजारमा देखिएको तीव्र गिरावटको कारणको रुपमा लिन सकिन्छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

पछिल्लो समय बजारमा तीव्र गिरावट आउनु र लगानीकर्तामा त्रास फैलिनु पछाडिको मुख्य तीनवटा कारणहरु देखिएका छन्।

एउटा कारण हो, अहिलेको कांग्रेस एमाले गठबन्धन सरकार चाँडै पलट हुँदैछ भन्ने निराधार हल्ला ।  

अर्को कारण हो, प्रधानमन्त्री केपी शर्मा ओली लगानीकर्ताहरुले अपेक्षा गरेको कार्यक्रममा नआउनु र सेयर बजारलाई सकारात्मक ढंगले सम्बोधन नगर्नू ।  

तेश्रो कारण हो, केही ठूला र पुराना ब्रोकरहरुको बजार घटाउने सुनियोजित खेल ।

यी तीनवटै कारणको जग भने बलिया छैनन् ।  

लगानीकर्ताहरुभित्र नै भूसको आगो झै दन्किरहेको सरकार परिवर्तनको हल्ला निकै बेमौसमी र केही चतुर खेलाडीहरुले सुनियोजित ढंगले चलाएको हल्ला मात्र हो ।  

कांग्रेस र एमालेबीच कुनै खटपट देखिन्न । केही संसदीय समितिमा सांसद विशेषमा केही मनमुटाव भए पनि सरकार नै परिवर्तन हुने गरी त्यस्तो फरक मत यी दुई पार्टीको शीर्ष नेताबीच देखिन्न ।  

लगानीकर्ताहरुले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा(देउवा) परराष्ट्र मन्त्रीको हैसियतमा भारत गएर गरेको भेटघाट, प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सत्कार लगायतलाई आधार बनाई चाँडै सरकार परिवर्तनको वेमौसमी हल्ला फैलाएका छन् । अझ केहीले त प्रचण्डकी पुत्रीहरु गंगा दाहाल र रेणु दाहालले आरजू दिल्लीमै भएको बेला उनलाई गएर सुटुक्क भेटेको र यसलाई सरकार परिवर्तनको नयाँ खेलको रुपमा अथ्र्याउँदै सोझा लगानीकर्तालाई अत्याइदिने काम गरेका छन् ।  

लगानीकर्ताहरुमा अहिलेको बलियो सरकारप्रति निकै ठूलो अपेक्षा देखिन्छ । विशेषगरी सेयरबजारमैत्री अर्थमन्त्रीको रुपमा रहेका विष्णु पौडेलप्रतिको अपेक्षा, उनलाई सबै कुरामा सहयोग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तदारुकता लगायतलाई मन पराएर करिब २००० आसपास घुमेको बजारलाई लगानीकर्ताहरुले ३००० को विन्दूमा पुर्याए । तर, लगानीकर्ताहरु बजारमा जसरी प्रवेश गरे, बजार घट्न थालेपछि छोटो समयमै रुवाबासी गर्दै निस्किरहेका छन् । गतिला आधारबिना नै घाटामै सेयर बिक्री गर्ने प्रवृतिले नै बजारमा प्यानिक अवस्था बनाएको देखिन्छ ।  

लगानीकर्ताहरु कतिसम्म सेन्टिमेन्टल भएर खरीदबिक्रीको निर्णय गरिरहेका छन् भन्ने कुरालाई बुझ्न बजारमा पहिरो जानुको दोश्रो कारणलाई हेरे पुग्छ । गत शुक्रबार एमाले निकट उद्योगी व्यापारीको संगठनले अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । सो कार्यक्रमलाई केही खेलाडीहरुले सेयर बजारको विषयमा विशेष बहस हुने र विशेष सम्बोधन हुने कार्यक्रमको रुपमा दुष्प्रचार गरिदिए । फलस्वरुप, एभरेष्ट होटलमा भएको त्यो कार्यक्रममा सेयर बजारका लगानीकर्ताको ओइरो लाग्यो । प्रधानमन्त्री केपी शर्मा ओली नै आएर सेयर बजारको विषयमा केही बोल्छन् भनेर गलत हल्ला फैलाइएका कारण त्यहाँ भेला भएका लगानीकर्ताहरु ओली नआएपछि निराश भएर फर्किए । उनीहरुमा ओली बजारप्रति सकारात्मक र गम्भीर छैनन् कि क्या हो भन्ने भाष्य निर्माण गरिदिने काम भयो । स्वास्थ्य अवस्थामा गडबडी भएपछि एउटा सामान्य अन्तरक्रिया कार्यक्रममा नआउने निर्णय लिनु प्रधानमन्त्रीका लागि ठूलो विषय थिएन । तर, सो कार्यक्रमको मोडालिटीको विषयमा खेलाडीहरुले अपव्याख्या गरेका र त्यसकै भरमा परेर कार्यक्रममा गएका सेयर लगानीकर्ता ओली नदेखेपछि मनोबल कमजोर बनाएर फर्किए । यसकै प्रतिबिम्ब पनि बजारमा देखियो ।  

तेश्रो कारण भने केही गम्भीर रहेको छ । अघिल्लो सातादेखि नै केही ठूला र पुराना ब्रोकर सुनियोजित रुपमा बजार घटाउने खेलमा लागेका थिए । उनीहरुले आपसमा सल्लाह नै गरेर बजारमा लाद्दै आएको सिण्डिकेटलाई निरन्तरता दिन सुनियोजित ढंगले बिनाजानकारी ठूलादेखि साना लगानीकर्ताहरुको कारोबार लिमीट घटाइदिने काम गरे । बिहीबारसम्म १ करोड बढीको कारोबार लिमीटको सुविधा पाइरहेका लगानीकर्ताको टिएमएसमा त्यसपछिको साताको पहिलो कारोबार दिन लिमीट घटाएर ३ लाखसम्म झारियो । बिनाकारण र बिना जानकारी ब्रोकरहरुले यस्तो खेल खेलेका कारण समेत बजारमा किन्नेले जमेर किन्न पाएनन् र खरीदारी घट्दै माहौल बिगारेर थप बजारमा पहिरो ल्याउने काम भयो । अघिल्लो साता काठमाण्डौस्थित हेड अफिसबाट निर्देशन आएको भन्दै लगानीकर्तालाई छानी छानी बिनाजानकारी लिमीट घटाउने काम गर्ने विषयमा पोखराका ब्रोकरहरुबीच त बैठक नै भएको थियो ।  

केही ब्रोकरका अनुसार धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले पनि ब्रोकरहरुसँग दैनिकजसो कारोबार विवरण तथा ठूला लगानीकर्तासँगको कारोबारको विस्तृत विषय मागेर हैरानी दिंदा समेत लगानी गर्नेहरु हच्किएका दाबी गरे । ब्रोकरहरुलाई नियामकले अप्ठ्यारोमा पारेपछि आफूहरुले पनि बाध्य भएर लगानीकर्ताहरुको कारोबार लिमीटलाई घटाउनुपरेको ती ब्रोकरको दाबी छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.