काठमाण्डौ । नेप्से परिसूचकले २९०० विन्दू पार गरेको छ ।
साताको दोश्रो कारोबार दिन सोमबार बजार खुलेदेखि नै नेप्से उछालको गतिमा बढिरहेको छ ।
परिणामस्वरुप बजार खुलेको २ मिनेटभित्रै नेप्से बढेर २९०० माथि पुगेको हो । यो समाचार तयार पार्दासम्म नेप्से ५७ अंकले बढेर २९१८ को विन्दूमा पुगेको छ ।
कारोबार सुरु भएको १५ मिनेटभित्र अढाई अर्ब हाराहारीमा कारोबार भइसकेको छ ।
यो बेलासम्म १९९ कम्पनीको मूल्य बढेको छ भने ३६ कम्पनीको मूल्य घटेको छ । ६ वटाको मूल्य स्थिर छ ।
सुरुवाती रुझानअनुसार बैंकिंग, बीमा र लघुवित्त समूहमा विशेष चमक आउने देखिन्छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।