शनिबार, फाल्गुन १०,२०८१ 10:05:25
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:05:25
IME remit
Global IME Bank Limited

बजार घट्दा 'बिग बुल'को आधार तय भएको बुझाई, ‘यति भएपछि ५४००-५५०० ढुक्क, अब बीचमै अलमलिने कुरा रहेन’

Hyundai Nepal
बजार घट्दा 'बिग बुल'को आधार तय भएको बुझाई, ‘यति भएपछि ५४००-५५०० ढुक्क, अब बीचमै अलमलिने कुरा रहेन’
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो एक महिनायता हजार अंकले बढेको बजारमा आज उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा कायम हुन पुगेको छ ।  

पछिल्ला दुईदिनयता सेयरबजारमा भारी गिरावट आउँदा साना लगानीकर्ताहरु त्रसित बन्न थालेका छन् । बुलिस सेयरबजारमा बढेको लगानीकर्ताहरुको पोर्टफोलियो पछिल्लो दुई दिनयता घटेको मार्केटले त्योभन्दा बढी घटाइदिएको छ ।  

बजार लगातार बढ्नु पनि अस्वभाविक मानिन्छ । बजारमा करेक्सन आवश्यक छ, तर पछिल्ला दुई दिनको करेक्सन अस्वभाविक जस्तो देखिएको छ । लगानीकर्ताहरुले नेप्सेमा उच्च अंकको गिरावट आउँदा ठूलो नोक्सानी ब्यहोरेको भनाई ब्यक्त गरिरहेका छन् ।  

बजारमा हल्लाको पछि लाग्दा अहिले साना तथा नयाँ लगानीकर्ताहरु फसेका छन् । सेयरबजारमा बुलिस ट्रेन्ड चल्दा बजार अब ४ हजारको विन्दुसम्म पुग्ने ठूला तथा पुराना लगानीकर्ताहरुले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती लेखेका थिए । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

साना तथा नयाँ लगानीकर्ताहरु ठूला लगानीकर्ताकै पछि लाग्ने प्रवृत्तिले गर्दा दुईदिनयता सेयरबजारमा भारी गिरावट आउँदा साना लगानीकर्ताहरु बढी फसेका छन् ।  

धेरैले अहिले सामाजिक सञ्जाल फेसबुकमार्फत ठूलो अंकको करेक्सन आउनुमा विभिन्न खालका टिकाटिप्पणीहरु व्यक्त गरिरहेका छन् ।  

‘बढेको भए घट्दैनथ्यो । फकाएर भिडाउने र तर्साएर खोस्ने शेयर मार्केटको फर्मूला नै हो ।’

बजारले लय समात्ने वा नेप्से परिसूचक ४–५ हजारको विन्दुमा पुग्ने आश्वासन देखाएर प्रफिट बुक गरी सोझासाझा लगानीकर्तालाई फसाएर ठूला लगानीकर्ता उम्किएको आरोप समेत लगाउन थालेका छन् ।  

बिजशालाले सेयरबजारमा पछिल्लो दुईदिनयता ठूलो अंकको गिरावट आउँदा साना लगानीकर्ताहरुले कसरी टिप्पणी गरिरहेका छन् भनेर सर्वेक्षण तयार पारेको छ ।  

सर्वेक्षणमा अधिकांश लगानीकर्ताहरुले पछिल्लो सरकारले समेत सेयरबजारलाई सकारात्मक ढंगले सम्बोधन नगर्नु र ठूला लगानीकर्ताले साना लगानीकर्तालाई फसाएर आफूहरुले प्रफिट बुक गरेको जस्ता टिकाटिप्पणी गरेका छन् ।  

सामाजिक सञ्जाल फेसबुकमा सेयरबजारसम्बन्धी एक ग्रुपमा केशव कृष्ण नाम गरेका एक लगानीकर्ता लेख्छन्, ‘यति भएपछि ५४००–५५०० ढुक्क, अब बीच बाटोमा अलमलिने कुरा रहेन ।’  

उनले बजार घट्दाका वाबजुत पनि लगानीकर्ताहरुलाई उक्साइरहेको जस्तो पोष्ट गरेका छन् ।  

उनले बजारमा नाम चलेका ठूला लगानीकर्ता सुवासचन्द्र भट्टराई, केशव कोइराला, दुर्गाप्रसाद काफ्ले र दिपेन्द्र अग्रवाललाई समेत पोष्ट ट्याग गरेका छन् ।  

सोही पोष्टमा प्रेम खड्का नाम गरेका एक लगानीकर्ताले भने १२ सयको लागि तयारी भएर बस्न र केक बल्ल काट्नी भन्दै सटायर हानेका छन् ।  

त्यस्तै, शिशिर दर्पण श्रेष्ठ नामका एक लगानीकर्ताले पनि केशवको पोष्टमा प्रतिक्रिया दर्साउँदै लेखेका छन्, ‘१०० पोइन्ट बढ्न पाको छैन झाटहरुलाई २२ सय भन्न हतार हुन्छ । केका लागि ५५०० फेरी ?’ उनले उक्त प्रतिक्रियामा आक्रोश व्यक्त गरेको भाव झल्किएको छ ।  

साथै दिपेन्द्र पराजुली नाम गरेका लगानीकर्ता पनि आक्रोशित हुँदै लेख्छन्, ‘मार्केट झार्ने षड्यन्त्र पूरा भयो भनेपछि सकारात्मक स्टाटस आउने थालेछ ।’

त्यस्तै, विश्लेषक दाजु नाम गरेका अर्का लगानीकर्ता बजारको बुलिस यात्रा सकिएको बताउँदै लेख्छन्, ‘निकै दुःखको साथ भन्न परिरहेको छ, २२०० कटेर बुल सुरु भएको बजारमा बुल अफिसियली समाप्त भएको छ । आउने दिनमा बजार बढेको जसो गरेपनि ३०००–३२०० कट्ने सपना नदेख्नमै बुद्धिमानी हुने देखिन्छ ।’  

‘यो सरकारले चुनाव लड्नी खर्च निकालिसक्यो । सोझासाझा भेंडाहरु 'ओली बा' भन्दै भजन गाउँदै छन् ।’  

उनको स्टाटसमा प्रतिक्रिया दिदैं आनन्द यादव नाम गरेका लगानीकर्ता लेख्छन्, ‘बुल त सुरु भएकै थिएन । ३२०० कटेपछि मात्र हो । वियरिसमा झन वियरिस पहिलो । कति घाटा लगाको छ यो मार्केटले ।’ उनले पछिल्लो घट्दो बजारले ठूलो घाटा व्यहोर्न पुगेको भाव व्यक्त गरेका छन् ।  

त्यस्तै, प्रेम खड्का नाम गरेका लगानीकर्ताले भने सरकारको गुनगान गाएर सेयरबजारको लागि गहकिलो नीति माग नगरेको आरोप लगाएका छन् । उनी लेख्छन्, ‘यो सरकारले चुनाव लड्नी खर्च निकालिसक्यो । सोझासाझा भेंडाहरु ओली बा भन्दै भजन गाउँदै छन् ।’  

त्यस्तै, पदम गाहा नाम गरेका लगानीकर्ताले आजको सेयर बजारको अवस्था हेरेर तपाइको विश्लेषण के छ ? भन्ने स्टाटसमा थुप्रै लगानीकर्ताले आ–आफ्नो प्रतिक्रिया दिएका छन्।

धोंधरी बिजय नाम गरेका लगानीकर्ताले प्रतिक्रिया दिंदै लेखेका छन् ‘नेप्से ५००० भन्दा पनि माथि जान्छ भन्ने हौवा पिटाएर बाठाहरु बेलैमा प्रफिट बुक गरेर बजारबाट निस्किसके । नयाँ र साना लगानीकर्ता चाहिँ खै के खस्ला र खांउला भनेझै हेरेको हेरकै परे । अब के हेर्नु छ, को-कसलाई ज्वरो फुटेर सिटामोल खाँदै शिवपुरीको बनमा शितल ताप्न जाने हुन् ?’ भनी प्रतिक्रिया दिएका छन् ।  

त्यस्तै, ठकुरी लुइटेल नाम गरेका लगानीकर्ता भने सरकारको गतिविधि हेर्न जरुरी रहेको बताउँछन् ।  

यता राधेश्याम काफ्ले नाम गरेका लगानीकर्ता भने करेक्सन हो आत्तिनु नपर्ने र बरु किन्नलाई पैसा जम्मा पार्न सुझाव दिन्छन् । 

यस्तैमा अर्का लगानीकर्ता अभिनाष माबो भने ठट्यौली पारामा लेख्छन्, ‘अबको बाँकी युनिट्स बेचेर रक्सी खाने प्लानमा छु । तर हिमालयन डिष्टिलरीको सेयर घटेको देख्दा त रक्सी पनि खान रुच्दैन होला । मर्नु न बाँच्नुको भएको छु ।’

साथै अनिल नाम गरेको लगानीकर्ता भने करेक्सन भन्दाभन्दै पिँधमै पुर्याउने भए भन्दै आक्रोशित पारामा प्रतिक्रिया दिएका छन् । साथै सुन्दर केसी नाम गरेका लगानीकर्ता पनि आफ्नो पोर्टफोलियो ह्वात्तै घटेको बताउँदै ‘हार्टअट्याक हुनसक्ने सम्भावना बढी छ’ भन्दै प्रतिक्रिया दर्साएका छन् ।  

त्यस्तै, विकास कोइराला नाम गरेका लगानीकर्ताले पनि सोझासाझा लगानीकर्तालाई फसाएर ठूला लगानीकर्ता उम्किएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘मार्केट ४०००–४५०० सम्म पुग्छ भनेर मजस्ता लाटा सोझाहरुलाई उक्साएर सुटुक्क साइड लाग्ने पातकीहरुलाई फाँसी दे सरकार।’

साथै आशिष कटुवालले पनि आक्रोशित भावमा आफ्नो भनाई पोष्ट्याएका छन्, ‘अस्तिसम्म घरमा बसेर यो हुन्छ, त्यो हुन्छ । बजार ३५०० कट्छ भन्ने ठुटे ज्योतिषहरुलाई सिस्नुपानी लगाउनुपर्छ ।’  

त्यस्तै, विनोद ढुंगेल नाम गरेका लगानीकर्ताले पनि आक्रोशित हुँदै लेखेका छन्, ‘तिमीहरुले मागेको करेक्सन पुग्यो कि अरु पनि चाहिन्छ ? हेरौ बजार छोडेर का जाँदा रैछौ ?’  

साथै नाम उल्लेख नभएको एक लगानीकर्ताले पनि आफुलाई फसाएर ठूला लगानीकर्ताले प्रफिट बुक गरी उम्किएको आरोप ब्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘आज पनि तर्साइ तर्साइ मेरा कित्ता खोसे पापी डाम्नाहरुले । भोलि मेरै सेयर चार गुणा बनाएर बेच्छन् तिनीहरुले । त्यतिबेला मलाई कसले सम्हाल्ला ?’ 

‘अबको बाँकी युनिट्स बेचेर रक्सी खाने प्लानमा छु । तर हिमालयन डिष्टिलरीको सेयर घटेको देख्दा त रक्सी पनि खान रुच्दैन होला । मर्नु न बाँच्नुको भएको छु ।’

त्यस्तै, सुनिल शर्मा पौडेल नाम गरेका लगानीकर्ताले  ‘को–को हुनुहुन्छ ४५ दिनको बुलमा कमाएको जति करेक्सनमा गुमाउने ?’ भनी प्रश्न गर्दै रोखेको स्टाटसमा अधिकांश लगानीकर्ताहरुले बुलमा कमाएको भन्दा करेक्सनमा त्यसको दोब्बर जस्तो गुमाएको प्रतिक्रिया दिएका छन् ।  

त्यस्तै, विष्णु राउतले सरकारलाई घोच्दै लेखेका छन्, ‘बजारमा ओली बुलले पनि खासै प्रगति गर्ला जस्तो देखिएन, केक काट्ने कुरा के होला त ?’  

ठ्याक्कै उस्तै भावमा सटायर हान्दै जय प्रकाश शाहले पनि लेखेका छन्, ‘माननीय अम्रेश सिं कता जानुभएछ ? बजार घटेको बेला यसो बोल्नु भएदेखि बढ्थ्यो कि ?  

उनको स्टाटसमा ब्रो राजा नाम गरेका लगानीकर्ताले  ‘झर्यो कि के बोल्थ्यो ? भुक्ने सांसदहरु कता हराए ?’ भन्दै प्रतिक्रिया दिएका छन् ।  

साथै बिष्ट डिबि राजा नाम गरेका लगानीकर्ताले ‘यसरी घट्नु को कारण चै के रछ ? भन्ने प्रश्न गरी राखेको स्टाटसमा किशोर हाडा नाम गरेका लगानीकर्ताले  ‘हिजो बढ्दा पनि उधुम हुने गरी बढेको थियो । कारण अरु केही होइन, करेक्सन हो । एकोहोरो गएपछि घट्नु स्वभाविक नै हो ।’ भनेर प्रतिक्रिया दिएका छन् । 

त्यस्तै, पुरुषोत्तम घिमिरे नाम गरेका लगानीकर्ताले भने आक्रोशित भावबाट प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘बढेको भए घट्दैनथ्यो । फकाएर भिडाउने र तर्साएर खोस्ने शेयर मार्केटेको फर्मूला नै हो ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.