नेप्सेमा ठूलो संरचनात्मक सुधारको तयारी, सेबोनले अघि सार्यो ३० बढी एजेन्डा
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को पुनर्संरचना र दोस्रो बजार सुधारको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेको सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग छलफल गर्दै पूँजी, स्वामित्व, प्रविधि, सुशासनदेखि कारोबार प्रणालीसम्मका ३० भन्दा बढी विषयमा सुधार अघि बढाउने संकेत दिएको हो।नेपाल सरकारले गठन गरेको ‘नेपाल स्टक एक्सचेञ्ज...

