मंगलवार, श्रावण ५,२०८३ 11:33:11
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 11:33:11
Bizshala
Global IME Bank Limited

पूँजी बजार नियामकका प्रमुखहरुको नियुक्तीमा बिचौलिया हाबी, नेप्सेमा कार्की पुनः दोहोरिन लबिङ गर्दै

पूँजी बजार नियामकका प्रमुखहरुको नियुक्तीमा बिचौलिया हाबी, नेप्सेमा कार्की पुनः दोहोरिन लबिङ गर्दै
New Office

काठमाण्डौं । लामो समयको रस्साकस्सी पछि धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति भएको छ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त रहेको लामो समयपछि गत मंसिर १० गते सन्तोष नारायण क्षेष्ठलाई अध्यक्ष नियुक्त गरेको थियो ।  

बोर्ड अध्यक्ष नियुक्तीका लागि करिब एक वर्ष लाग्नुमा अरु कुनै कारण नभएर बिचौलिया र व्यापारिहरुको स्वार्थ नै प्रमुख कारण थियो । यसैगरि, अर्को नियामक निकाय नेपाल स्टक एक्सचेञ्जमा पनि केही समय पछि हालका नेप्सेका सीइओ कृष्ण बहादुर कार्कीको कार्यकाल समाप्त हुँदैछ । सीडीएसीको प्रमुख कार्यकारी अधिकृतको पद गत भदौ ७ गतेदेखि रिक्त भएको छ । तर नेप्सेले हालसम्म पनि नयाँ सीइओ नियुक्ति गर्न सकेको छैन । यसको मुख्य कारण पनि स्वार्थ समूहकै स्वार्थ हो ।  

सीडीएसी भनेको सेयर कारोबारमा राफसाफको लागि महत्वपूर्ण निकाय हो । यहाँ पनि आफू अनुकुलको व्यक्ति नभएमा कतिपय स्वार्थ बाँझिने काम हुन नसक्ने देखेर नै पाँच महिनादेखि कुनै पनि व्यक्ति नियुक्ती हुन सकेको छैन ।  

स्रोतले दिएको जानकारी अनुसार अब तीन वटै नियामक निकायमा एउटै समूहले आफू अनुकलको व्यक्ति नियुक्ती गर्ने तयारी गरेको बुझिएको छ । खासगरि नयाँ स्टक एक्सचेञ्ज आउँदै गर्दा बिचौलिया समूहले तीन वटै नियामक निकायहरुमा आफू अनुकुल व्यक्ति नियुक्त गर्ने मनसायले नै सीडीएसीमा कुनैपनि नियुक्ति नभएको हो ।  

स्रोतकै दाबी अनुसार नेपाल स्टक एक्सचेञ्जमा हालका सीइओ कार्कीले नै पुनः दोहोरिन लबिङ थालेका छन् । कार्कीले यसअघि धितोपत्र बोर्डको अध्यक्षको लागि पटक–पटक प्रयास गर्दा पनि असफल भएपछि पुनः नेप्सेमा दोहोरिने प्रयास गरेका हुन् । यद्यपी कार्कीले आफ्नो कार्यकालमा पूँजीबजार सुधारका विषयमा कुनै विशेष काम गरेर लगानीकर्ताको मन जित्न नसकेको लगानीकर्ताहरुले आरोप लगाउँदै आएका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.