काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५३ वटा स्क्रिप्टको १ करोड ३१ लाख ९८ हजार १५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बैंकिङ समूह र निर्जीवन बीमा समूह बाहेकका सबै उपसमूह राताम्य भएका छन् । बैंकिङ समूह ०.०७ प्रतिशत बढेको छ भने निर्जीवन बीमा समूह ०.३० प्रतिशतले बढेको छ ।
सर्वाधिक घट्ने समूह भने विकास बैंक समूह रहेको छ । यो समूह ०.७६ प्रतिशत घटेको छ ।
त्यस्तै, फाइनान्स समूह ०.०४ प्रतिशत, होटल तथा पर्यटन समूह ०.१४ प्रतिशत, हाइड्रो समूह ०.७४ प्रतिशत, लगानी समूह ०.४१ प्रतिशत, जीवन बीमा समूह ०.३० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६५ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५२ प्रतिशत, म्युचुअल फण्ड समूह ०.४३ प्रतिशत, व्यापार समूह ०.१७ प्रतिशत र अन्य समूह ०.४४ प्रतिशत घटेको छ ।
सेयर लगानीकर्ता तथा बजार विश्लेषक सुरज खड्काले सेयर बजारमा अन्योलता कायमै रहेको र ठूला लगानीकर्ता अझै लगानी गर्न डराइरहेको बताएका छन्।
उनका अनुसार बजारमा ठूला लगानीकर्ताको सक्रियता देखिएको छैन। लगानीकर्ताहरू बजारको आगामी दिशा विश्लेषण गर्न नसकेर पर्ख र हेरको अवस्थामा बसेका छन्।
‘अहिलेको बजारले अन्योलता सिर्जना गरेको छ। लगानीकर्ताले विश्लेषण गर्न सकिरहेका छैनन्। बजारमा ठूला लगानीकर्ताको अभाव छ,’ खड्काले भने, ‘ठूला लगानीकर्ताहरू लगानी गर्न डराइरहेका छन्। अझै पनि पर्ख र हेरको अवस्थामा छन्।’
उनले ब्रोकरहरूले समेत आफ्नो लिमिट उठाउन नसकिरहेको उल्लेख गरे। खड्काका अनुसार पछिल्लो समय चुनावी माहोल बिस्तारै सुरु हुन थालेकाले त्यसको प्रभाव सेयर बजारमा पनि पर्न सक्ने देखिन्छ।
‘अब बजारमा केही समयसम्म सामान्य अंकको मात्रै उतारचढाव देखिन सक्छ,’ उनले भने, ‘चुनावपछि मात्रै बजारले आफ्नो दिशा तय गर्न सक्छ।’
उनको विश्लेषणमा तत्काल बजारमा ठूलो उछाल आउने आधार देखिएको छैन। ठूला लगानीकर्ता सक्रिय नभएसम्म बजारमा उल्लेख्य सुधार आउन कठिन हुन सक्ने उनको संकेत छ।
सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक कमाउने शीर्ष कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ । यो कम्पनीको सेयरभाउ ६.०८ प्रतिशत बढेर २६५.२० रुपैयाँ पुगेको छ ।
त्यस्तै, माण्डू हाइड्रोपावरको ४.७६ प्रतिशत, बेष्ट फाइनाान्सको ४.३० प्रतिशत, उपकार लघुवित्तको ३.१३ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको ३.०६ प्रतिशत, ग्लोबल आइएमई बैंक डिबेञ्चरको ३ प्रतिशत, एनआईसी एशिया ऋणपत्रको ३ प्रतिशत, कामना सेवा विकास बैंक डिबेञ्चरको २.९९ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंक डिबेञ्चरको २.९५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको २.९१ प्रतिशत बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक गुमाउने कम्पनीमा भने सोपान फर्मास्युटिकल्स रहेको छ । यो कम्पनीको सेयरभाउ ५.३७ प्रतिशत घटेर ५५५.५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को ५.२६ प्रतिशत, एनआइसी एशिया सेलेक्ट फण्ड ३० को ४.६६ प्रतिशत, युनिक नेपाल लघुवित्तको ४.६४ प्रतिशत, बेनी हाइड्रोको ४.२७ प्रतिशत, भुजुङ्ग हाइड्रोको ४.२१ प्रतिशत, स्वष्तिक लघुवित्तको ३.९४ प्रतिशत, बोटलर्स नेपाल (तराई)को ३.४९ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ३.३६ प्रतिशत र ट्रेड टावरको ३.२७ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
1 प्रतिक्रियाr***
Chunab aagi chunab samma aani chunab sakiyapachi feyri arko chunab pachi yasto news kasley ready garney ho vaney kukur haru stop published this type of news
53 मिनेट अगाडी