शुक्रबार, मंसिर ११,२०८३ 02:09:07
  • शुक्रबार, मंसिर ११,२०८३ 02:09:07
Global IME Bank Limited

ढोरपाटनमा पहिलोपटक पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली, पर्यटन र स्थानीय व्यवसायलाई राहत

Bizshala
ढोरपाटनमा पहिलोपटक पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली, पर्यटन र स्थानीय व्यवसायलाई राहत
New Office

 

काठमाण्डौ । बागलुङको प्रमुख पर्यटकीय गन्तव्य ढोरपाटन उपत्यका राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणले आवश्यक प्रसारण तथा वितरण पूर्वाधार निर्माण सम्पन्न गरी ढोरपाटन क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् आपूर्ति सुरु गरेको हो।

यसअघि स्थानीय लघुजलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीमा निर्भर रहेका ढोरपाटनका बासिन्दाले अब राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् उपभोग गर्न पाउने भएका छन्।

प्राधिकरणले कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिवाङसम्म विस्तार गरिएको १३२ केभी प्रसारण लाइन तथा बुर्तिवाङस्थित १३२ केभी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुरु गरेको हो।

बुर्तिवाङ सबस्टेसनबाट ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म निर्माण गरिएको ११ केभी वितरण फिडर बिहीबारदेखि सञ्चालनमा आएको छ।

फिडर सञ्चालनमा आएसँगै वोवाङ, फल्लेघर, देउराली, नवी र छेन्तुङसम्मका करिब १३ वटा वितरण ट्रान्सफर्मर चार्ज गरिएको प्राधिकरणले जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

न्यून भोल्टेजको समस्या समाधान हुने अपेक्षा

राष्ट्रिय ग्रिडको विद्युत् पुगेपछि ढोरपाटन उपत्यका र आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

यसबाट विद्युत् आपूर्तिको नियमितता, गुणस्तर र विश्वसनीयतामा सुधार आउने प्राधिकरणको विश्वास छ।

विद्युत् सेवा विस्तारले स्थानीय बासिन्दाको दैनिक जीवन सहज बनाउनुका साथै पर्यटन व्यवसाय, होटल तथा अन्य आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ढोरपाटन नेपालको महत्त्वपूर्ण प्राकृतिक तथा पर्यटकीय गन्तव्य भएकाले भरपर्दो विद्युत् आपूर्तिले यहाँको पर्यटन पूर्वाधार विकासमा समेत सकारात्मक योगदान पुर्‍याउन सक्ने देखिएको छ।

नयाँ विद्युत् जडानका लागि आवेदन खुला

नेपाल विद्युत् प्राधिकरणको बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीका अनुसार राष्ट्रिय ग्रिड विस्तार भएसँगै स्थानीय उपभोक्ताले नयाँ विद्युत् जडानका लागि आवेदन दिन सक्नेछन्।

विद्युत् जडान गर्न इच्छुक उपभोक्ताले बुर्तिवाङ नो लाइट कार्यालयमार्फत आवश्यक फाराम भरेर सेवा लिन सक्ने उनले जानकारी दिए।

अब निसिलढोरमा मात्रै बिजुली पुग्न बाँकी

ढोरपाटन उपत्यका राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएसँगै बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–५ स्थित निसिलढोरमा मात्रै राष्ट्रिय ग्रिडको विद्युत् विस्तार हुन बाँकी रहेको छ।

प्राधिकरणका अनुसार निसिलढोरमा चालु आर्थिक वर्षभित्र विद्युत् पुर्‍याउने लक्ष्य राखिएको छ।

त्यसका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको र अब ठेक्का प्रक्रिया अघि बढाएर विद्युतीकरणको काम सुरु गरिने वितरण केन्द्र प्रमुख मरासेनीले बताए।

निसिलढोरमा समेत राष्ट्रिय प्रसारण प्रणाली विस्तार भएपछि बागलुङ जिल्लाका सबै क्षेत्रमा राष्ट्रिय ग्रिडको पहुँच पुग्नेछ।

ढोरपाटनमा राष्ट्रिय ग्रिड विस्तार हुनुलाई दुर्गम क्षेत्रको पूर्वाधार विकास र स्थानीय आर्थिक गतिविधि विस्तारका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.