काठमाण्डौ । अर्घाखाँची सिमेन्ट लिमिटेडले निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल उत्कृष्ट डिलरहरुलाई मुक्तिनाथ दर्शन गराएको छ ।
कम्पनीले गत जेठ तथा असार महिनामा सञ्चालन गरेको विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत बिक्री लक्ष्य पूरा गर्ने डिलरहरुलाई ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ मा सहभागी गराएको हो ।
तीनदिने यात्राका क्रममा डिलरहरुले मुक्तिनाथ, कागबेनीलगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरेका थिए ।
व्यावसायिक साझेदारहरुको योगदानको सम्मान गर्दै उनीहरुसँगको सम्बन्धलाई थप सुदृढ र आत्मीय बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले डिलरहरुलाई व्यावसायिक साझेदारका रुपमा मात्र नभई गुणस्तरीय उत्पादन उपभोक्तासम्म पुर्याउने महत्वपूर्ण सहयात्रीका रुपमा लिँदै आएको जनाएको छ ।
वार्षिक १० लाख मेट्रिक टन उत्पादन क्षमता रहेको अर्घाखाँची सिमेन्टले आधुनिक प्रविधि, गुणस्तरीय उत्पादन र वातावरणमैत्री अभ्यासलाई प्राथमिकता दिँदै आएको छ ।
कम्पनीले डेनिस भर्टिकल रोलर मिल (भीआरएम) र वेस्ट हिट रिकभरी सिस्टम (डब्ल्यूएचआरएस) जस्ता आधुनिक प्रविधिमार्फत उत्पादन तथा ऊर्जा दक्षता अभिवृद्धि गर्दै आएको छ । धुलो नियन्त्रणका लागि इलेक्ट्रोस्ट्याटिक प्रिसिपिटेटर (ईएसपी) प्रणालीसमेत प्रयोग गर्दै आएको कम्पनीले जनाएको छ ।
मुक्तिनाथ दर्शन यात्राले कम्पनी र डिलरहरुबीचको व्यावसायिक सम्बन्ध तथा आपसी विश्वास थप मजबुत बनाएको कम्पनीको विश्वास छ ।
आगामी दिनमा पनि व्यावसायिक साझेदारहरुको सम्मान र प्रोत्साहनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।