वाणिज्य विभागले तिरायो अर्घाखाँची सिमेन्टलाई २ लाख बढी जरिवाना
काठमाण्डौ । अर्घाखाँची सिमेन्टलाई २ लाख ५ हजार रुपैयाँबराबरको जरिवाना तिराइएको छ । अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कम्पनीलाई उक्त रकमबराबरको जरिवाना गरेको हो ।कम्पनीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।...

