बुधबार, श्रावण २०,२०८३ 03:50:41
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 03:50:41
Bizshala
Global IME Bank Limited

वाणिज्य विभागले तिरायो अर्घाखाँची सिमेन्टलाई २ लाख बढी जरिवाना

वाणिज्य विभागले तिरायो अर्घाखाँची सिमेन्टलाई २ लाख बढी जरिवाना
New Office

काठमाण्डौ । अर्घाखाँची सिमेन्टलाई २ लाख ५ हजार रुपैयाँबराबरको जरिवाना तिराइएको छ । अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कम्पनीलाई उक्त रकमबराबरको जरिवाना गरेको हो ।

कम्पनीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ । विभागले आइतबार रूपन्देही र काठमाण्डौका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुमगन गरेको थियो । जसक्रममा कैफियत देखिएका कम्पनीलाईलाई कारवाही गरिएको थियो ।

यस्तै विभागले तिरूपति फुड प्रोसोसिङ इण्डस्ट्रिज सिदार्थनगर रूपन्देहीलाई पनि २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ । पञ्चकन्या स्टीललाई भने सामान्य निर्देशन दिइएको छ ।

विभागले आइतबार आकवा मिनरल्स, त्रिकोण वेभरेज, कुण्डपानी प्रशोधन उद्योग, अन्नपूर्ण इन्डस्ट्रिज, एनबि वेभरेज, शुभकामना मिनिरल वाटर एण्ड वेभरेज, चण्डेस्वरी मिनरल वाटर एयड वेभरेल, झरना प्योर ड्रिङकिङ वाटर प्रालि र कीर्तिपुर सहकारी खानेपानी उद्योगमा स्थलगत अनुमगन गरेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.