काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत रुपन्देही र डोटीका दुई विद्यालयलाई फर्निचर तथा प्रिन्टर सहयोग गरेको छ ।
बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, शंकरनगरस्थित शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय र डोटीको शिखर नगरपालिका–४, बनोलीस्थित काफलेश्वर आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।
७६२ भन्दा बढी विद्यार्थी अध्ययनरत शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयमा मंसिर १० गते आयोजित विशेष कार्यक्रमबीच बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित केसी र बुटवल सर्कल हेड राजनप्रसाद पोखरेलले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक चण्डीप्रसाद पाण्डेलाई २० सेट डेस्क तथा बेन्च हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी ६२ भन्दा बढी विद्यार्थी अध्ययनरत काफलेश्वर आधारभूत विद्यालयमा मंसिर ९ गते आयोजित कार्यक्रमबीच बैंकको दिपायल शाखाका अपरेसन इन्चार्ज नन्दराज भट्ट र रिलेसनसिप म्यानेजर रमेश नेपालीले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक दम्मारी साउदलाई प्रिन्टर हस्तान्तरण गरेका हुन् ।
उक्त सहयोगबाट विद्यार्थीहरुको पठनपाठन सहज हुनुका साथै गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।