काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले भिसा लिडरसिप कन्क्लेभमा ‘Excellence in POS Acquiring Business–Associate Client’ अवार्ड प्राप्त गरेको छ। पीओएस एक्वायरिङ व्यवसायमा उत्कृष्ट कार्यसम्पादन तथा योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको बैंकले जनाएको छ।
योसँगै माछापुच्छ्रे बैंक भिसाबाट तेस्रो पटक सम्मानित भएको छ। यसअघि बैंकले सन् २०२४ मा ‘Excellence in POS Acquiring Business’ र सन् २०२३ मा ‘Excellence in POS Acquiring–Associate Member’ अवार्ड प्राप्त गरेको थियो।
बैंकले भिसाबाट प्राप्त सम्मानले डिजिटल भुक्तानी प्रवर्द्धन, नवीन प्रविधिको प्रयोग तथा ग्राहकलाई सहज र सुरक्षित भुक्तानी सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता झल्काएको उल्लेख गरेको छ।
माछापुच्छ्रे बैंक यसअघि ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘Maximizing Customer Engagement’ विधामा प्लेटिनम अवार्डबाट पनि सम्मानित भएको थियो।
यसैगरी, इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६’ मा बैंकले ‘Best Performance on Risk Management’ अवार्डसमेत प्राप्त गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।