काठमाण्डौ । यामाहा नेपालको दसैँ–तिहार अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’अन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। कम्पनीले अभियान सम्पन्न गर्दै नगद तथा अन्य उपहार जित्ने ग्राहकलाई सम्मान गरेको जनाएको छ।
अभियानको मुख्य पुरस्कार विजेता रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रालिबाट ‘रेजेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड’ स्कुटर खरिद गरेकी थिइन्।
यसैगरी, पोखराका तेजबहादुर थापाले यामाहाको नयाँ ‘आर१५ एस’ मोटरसाइकल जितेका छन्। उनले पोखरास्थित आधिकारिक शोरुम VAW Enterprise प्रालिबाट ‘रेजेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड’ स्कुटर खरिद गरेका थिए।
कम्पनीका अनुसार अभियानअन्तर्गत देशभरका हजारौँ ग्राहकले १० हजारदेखि १० लाख रुपैयाँसम्मका नगद पुरस्कार जितेका छन्। साप्ताहिक विजेताहरूलाई एप्पलका ग्याजेटसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ।
अभियानमा देशभरबाट १ लाखभन्दा बढी दर्ता भएको यामाहा नेपालको भनाइ छ। चाडपर्वमा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई थप लाभ उपलब्ध गराउने उद्देश्यले योजना सञ्चालन गरिएको कम्पनीले उल्लेख गरेको छ।
यामाहा नेपालले देशभर १०५ भन्दा बढी आधिकारिक डिलरमार्फत मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको जनाएको छ। कम्पनीले ‘थ्री एस’ अवधारणाअन्तर्गत बिक्री, मर्मतसम्भार र सक्कली स्पेयर पार्ट्सको सेवा उपलब्ध गराउँदै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।