बिहीबार, मंसिर १०,२०८३ 01:51:38
  • बिहीबार, मंसिर १०,२०८३ 01:51:38
Global IME Bank Limited

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजना पुनः सञ्चालनको तयारीमा, परीक्षण सुरु

Bizshala
टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजना पुनः सञ्चालनको तयारीमा, परीक्षण सुरु
New Office

काठमाण्डौ। लामो समयदेखि बन्द रहेको टेकुस्थित फोहोरबाट ऊर्जा उत्पादन परियोजना पुनः सञ्चालनमा ल्याउन परीक्षण सुरु गरिएको छ। काठमाण्डौ महानगरपालिकाले पुनर्स्थापना अघि बढाएको परियोजनाले सञ्चालनमा आएपछि दैनिक तीन टन फोहोर व्यवस्थापनसँगै ऊर्जा उत्पादन गर्नेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बिहीबार संयुक्त रूपमा परियोजनाको उद्घाटन गरेका हुन्।

दिगो फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जा उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) बीच परियोजना पुनर्स्थापनासम्बन्धी समझदारी भएको थियो। सोही समझदारीअनुसार बन्द परियोजनालाई पुनः सञ्चालनमा ल्याउने काम अघि बढाइएको हो।

CG Motors
Garima Development Bank
IME remit

पुनः सञ्चालनका लागि आवश्यक वित्तीय व्यवस्था विश्व बैंकको सहयोगमा एईपीसीले सञ्चालन गरिरहेको मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रमअन्तर्गत गरिएको छ।

टेकुस्थित यो परियोजना सुरुमा युरोपेली संघको करिब १ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको थियो। निर्माणपछि केही समय सञ्चालनमा आए पनि पछि बन्द भएको परियोजनालाई अहिले पुनर्स्थापना गरिएको हो।

सरकारले कुहिने फोहोरको व्यवस्थापनलाई नवीकरणीय ऊर्जा र जैविक मल उत्पादनसँग जोड्ने नीति अघि बढाइरहेको छ। यस्तो अवस्थामा टेकु परियोजनाको पुनः सञ्चालनले काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.