काठमाण्डौ । इलामको पशुपतिनगर क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका सामान तथा चौपाया बरामद गरेको छ। साउनदेखि मंसिर ९ गतेसम्म सूर्योदय नगरपालिकाका सात स्थानमा गरिएको कारबाहीबाट ती सामान नियन्त्रणमा लिइएको हो।
पशुपतिनगरस्थित सीमा सुरक्षा गुल्मका अनुसार बरामद सामग्रीमा १७८ कार्टुन अर्थात् ३ हजार ५६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ र ५७० किलो फर्सीको बियाँ छन्। जुत्ता–चप्पललगायत अन्य सामान पनि बरामद गरिएको छ।
मानेभञ्ज्याङ, चारमाइल, नाकापानी सीमा इलाका तथा खोलागोदाम क्षेत्रमा परिचालित टोलीले ती सामान नियन्त्रणमा लिएको हो। कारबाहीमा मानेभञ्ज्याङ र छब्बिसेस्थित बोर्डर आउट पोस्ट (बीओपी)को संयुक्त टोली खटिएको थियो।
चोरी पैठारी र भन्सार छली रोक्न नाकासँगै आसपासका सीमावर्ती क्षेत्रमा निगरानी कडा पारिएको गुल्मले जनाएको छ। त्यसका लागि नियमित गस्ती तथा जाँचलाई निरन्तरता दिइएको छ।
गुल्म प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाको नेतृत्वमा सीमा निगरानी तथा अवैध ओसारपसार नियन्त्रणका गतिविधि सञ्चालन भइरहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।