काठमाडौं। छिर्ख्वा हाइड्रोपावर लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५६ हजार कित्ता सेयर बिक्री गर्ने भएका छन्।
कम्पनीले संस्थापक सेयरधनी डम्बरबहादुर कार्कीले आफ्नो नाममा रहेको ५६ हजार कित्ता सेयर बिक्री गर्न लागेको जानकारी गराएको हो।
कम्पनीका अनुसार कार्कीले आगामी ३ महिनाभित्र उक्त सेयर बिक्री गर्ने आशयसहित निवेदन दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।